4 months ago
November 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सले नेपाल प्रिमियर लिग(एनपिएल) का लागि वेस्ट इन्डिजका विकेट किपर ब्याटर चाडविक वाल्टनलाई अनुबन्ध गरेको छ ।
याक्सले तेस्रो विदेशी खेलाडीको रुपमा वाल्टनलाई टोलीमा अनुबन्ध गरेको आइतवार सामाजिक संजाल मार्फत जनाएको छ ।
३९ बर्षिय वाल्टनले १ सय ८८ टि ट्वान्टीमा ३ हजार ५ सय ७८ रन बनाएका छन् । वाल्टनले विश्वका विभिन्न फ्रेन्चाइजी लिगको अनुभव लिइसकेका छन् ।
याक्सले विदेशी खेलाडीका रुपमा याक्सले पहिलो पाकिस्तानका अलराउन्डर हुसैन तलातलाई र दोस्रो हङकङका ब्याटर बाबर हायातलाई अनुबन्ध गरेको थियो ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् ।
कर्णाली याक्सको टोली
सोमपाल कामी, गुलशन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे, हुसैन तलात, बाबर हायात र चाडविक वाल्टन।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]