default_image

3 hours ago

October 28, 2024

नेपालविरुद्ध शयानको दोस्रो शतक

767 views

0 Bookmark

डालस, (हाम्रो खेलकुद) – पाकिस्तानी मुलका अमेरिकी ब्याटर शयान जहाजिंगरले आईसीसी विश्वकप लिग २ मा नेपालविरुद्ध शतकीय इनिङ खेलेका छन् । उनले ९४ बलमा १२ चौका र ४ छक्कासहित शतक बनाएका हुन् ।

२८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३०.४ ओभरमा २ विकेट गुमाउँदै १७८ रन बनाएको छ । उनले यसअघि एकदिवसीय विश्वकप छनोट २०२३ मा हरारेमा शतकीय इनिङ खेलेका थिए ।

अमेरिकाका ओपनर एन्ड्रिस गौसलाई सोमपाल कामीले एक रनमै एलबीडब्लू आउट आउट गरेका थिए । तर दोस्रो विकेटलाई मोनांक पटेल र शयानले १६१ रनको साझेदारी गरेपछि नेपालको जितको सम्भावना कठिन बनेको थियो ।

त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको इनिङ खेलेका थिए ।

October 28, 2024

लिग-२ : नेपाल अमेरिकासँग पराजित

डालस, (हाम्रो खेलकुद) – नेपाल आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँग ३ विकेटले पराजित भएकोछ । जित्नलाई २ सय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेले । उनले विश्वकप छनोट २०२३ मा […]

October 28, 2024

कुशल भुर्तेलको उत्कृष्ट बलिङसँगै नेपाल खेलमा फर्कियो

डालस, (हाम्रो खेलकुद) – पार्टटाइम लेग स्पिनर कुशल भुर्तेलको उत्कृष्ट बलिङसँगै नेपाल आईसीसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध खेलमा फर्किएकोछ । २८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३७ ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएकोछ । हरमित सिंह ७ र शाड्ली भान शाक्ली १ रनमा क्रिजमा छन् । अमेरिकाका शयान जहाजिंगरले ९७ बलमा १२ चौका र […]

October 28, 2024

चेल्सीद्वारा न्युकासल पराजित

एजेन्सी – चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा न्युकासलमाथि जित हात पारेको छ । आइतवार घरेलु मैदानमा भएको खेलमा चेल्सीले न्युकासलमाथि २-१ को जित हासिल गरेको हो । नवौं खेलमा पाँचौ जित हात पार्ने क्रममा चेल्सीका लागि निकोलस ज्याकसन र कोल पाल्मरले समान १ गोल गरे । भ्रमणकारी टोलीका लागि अलेजेन्डर इस्कले गोल गरे । घरेलु […]

Success

Thank you for your time.