default_image

5 months ago

October 28, 2024

अमेरिकालाई नेपालको बलियो लक्ष्य, रोहित शतकबाट चुके

1984 views

0 Bookmark

डालस (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेल शतकबाट चुक्दा नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा अमेरिकालाई २८७ रनको लक्ष्य दिएको छ ।

ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनायो ।

नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको इनिङ खेले । शतक बनाउन उनलाई अन्तिम दुई बलमा ८ रन चाहिँएको थियो । पाँचौं बलमा सौरभ नेत्रवालकरलाई चौका हानेपनि अर्को बल मिस भएपछि शतकबाट चुकेका थिए ।

आसिफ शेख ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ रनमा आउट भए । अनिल साह पनि ६२ बलमा ५ चौकासहित ५६ रनमा आउट भए ।

नेपाललाई ओपनर अनिल साह र आसिफ शेखले १५.४ ओभरमा ९८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

आसिफ जसदीप सिंहको बलमा विकेटकिपर मनांक पटेलबाट क्याच आउट भए । त्यसपछि कुशल भुर्तेल ११ रनमा आउट हुँदा नेपाल ९८-० को अवस्थाबाट २४.१ ओभरमा १२१-३ को अवस्थामा पुगेको थियो । त्यसपछि आरिफ शेख ३७, दीपेन्द्रसिंह ऐरी १३, गुल्सन झा १ र सोमपाल कामी २ रनमा आउट भए ।

अमेरिका स्पिनर नोष्थुश केन्जिगेले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए । हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले १-१ विकेट लिए ।

March 15, 2025

क्षितीज फ्रिस्टाइल चेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले नेपालमा पहिलो पटक आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि जितेका छन् । क्षितिजले फाइनलमा शुक्रवार क्यान्डिडेट मास्टर (सिएम) मिलन लामालाई पराजित गर्दै उपाधि जितेका हुन् । ‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितीजले सुरुआती दुवै खेल जितेर २–० ले […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.