default_image

5 months ago

October 24, 2024

भेट्रान्स फुटबलको सेमिफाइनल समीकरण पूरा

339 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो धरान भेट्रान टिम, फ्रिडम फाइडर, त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टुरिजम काउन्सिल दोश्रो भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा बिहीवार धरानले सरस्वतीनगर भेट्रान टिम लाई सडनडेथमा (१०–९) पराजित गरी अन्तिम चारको यात्रा तय गरेको हो ।

निर्धारित समयमा गोलरहित बरारीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । धरानका किपर राजेन्द्र धिमाल प्लेयर अफ द म्याच घोषित भए र उनलाई सैनिक गठ्ठाघरका डिपोपती प्रसे सुजीत श्रेष्ठले पुरस्कृत गरे ।

मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको दोस्रो खेलमा फ्रिडमले बानेश्वर फ्रेण्डसिपलाई ४–१ ले पराजित गर्यो । फ्रिडमका लागि कृष्ण शाक्य, विकर्ण श्रेष्ठ, दिपक लामा र तेज वहादुर गलामीले गोल गरे ।

बानेश्वर फ्रेण्डसिपका लागि हरिहर थापाले सान्त्वना गोल गरे । फ्रिडमका प्रकाश रानामगर प्लेयर अफ दी म्याच घोषित भए र उनलाई करातेका राष्ट्रिय खेलाडी सनी तामाङ्गले पुरस्कृत गरे ।

आर्मीले किंङ्गकम स्पोर्ट्स क्लबलाई ५–३ ले पराजित गर्यो । आर्मीका लागि सन्तोष नेपालीले ह्याट्रिक गरे भने हर्कराज गुरुङर टिमका क्याप्टेन शशि किरण रायमाझीले गरे । आर्मीका कप्तान शशी किरण रायमाझी प्लेयर अफ द म्याच घोषित भए र उनलाई फुटबलर्स मिसन टुगेदरका उपाध्यक्ष भिक्टर जंगबहादुर राणाले पुरस्कृत गरे ।

चौथो तथा अन्तिम क्वाटरफाईनल खेलमा ठमेलले एनआरटीलाई ३–० ले पराजित गर्यो । ठमेलका लागि टासी छिरिङ, भेषराज लिम्बु र मित्र वहादुर बस्नेतले गोल गरे । ठमेलका वुद्धराज लिम्बु प्लेयर अफ दि म्याच घोषित भए र मध्यपुर थिमी नगरपालिकाका जनप्रतिनिधि उमेश ख्याजुले पुरस्कृत गरे ।

प्रतियोगितामा शुक्रवार हाम्रो धरानर र फ्रिडम फाईटर तथा आर्मी र ठमेल टुरिजमबीच हुनेछ ।

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.