5 months ago
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)–नेपालले महिला साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलको पहिलो रोजाई अघिल्लो खेलका ४ खेलाडी परिवर्तन गरेको छ।
राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासँगै सावित्रा भण्डारी साम्बा, अमिषा कार्की, अमृता जैसीले सुरुआती ११ मा मौका पाएका छन् ।
माल्दिभ्स विरुद्ध अघिल्लो खेलमा पहिलो रोजाईमा रहेका गोलकिपर अन्जना राना मगर, रश्मीकुमारी घिसिङ, विमला चौधरी र निशा थोकरलाई मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बेन्चमा राखेका छन्।
रेखा पौडेल, सविता राना मगर, सरु लिम्बु, रेनुका नगरकोटे, विमला विक, प्रिती राई, गिता रानाले निरन्तरता पाएका छन्। खेलमा ४ अंक बटुलेको नेपालले सेमिफाइनलका लागि कम्तीमा बराबरी गर्नुपर्ने छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजै भएको खेलमा भुटानले माल्दिभ्सलाई १३- ० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। पहिलो खेलमा नेपाल र भुटानले गोल रहित बराबरी खेलेका थिए। नेपालले माल्दिभ्सलाई ११-० र भुटानले श्रीलंकालाई ४-१ ले हराएको थियो।
श्रीलंकालाई ६ गोल गर्दै ५ गोलको अन्तरले जितेमा नेपाल समूह ‘बी’को विजेता बन्नेछ। समूह एबाट बंगालादेश विजेता र भारत उपविजेताका रुपमा अन्तिम ४ मा पुगिसकेका छन् ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]