8 years ago
February 11, 2017
पोखरा (हाम्रो खेलकुद)– एपिएफकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट सृजना आमन्त्रण अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सरस्वतीको टोलीले महिलाको फाइनलमा न्यु डामन्डलाई र पुरुषतर्फ आर्मीले अर्को विभागिय टोली नेपाल पुलिसलाई समान ३–१ सेटले हराउँदै उपाधि जितेका थिए ।
महिलातर्फको विजेता एपिएफका खेलाडी ।
महिला तर्फ न्यू डायमण्डका खेलाडी चार विधामा उत्कृष्टको बाजी मा¥यो । न्यु डायमण्डकी प्रतिभा मालीले उत्कृष्ट स्पाईकर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेण्डर, ललिता नाथ उत्कृष्ट ब्लकर र कृपा अधिकारी उत्कृष्ट सेटर घोषित भए । एपिएफकी रेश्मा भण्डारी उत्कृष्ट सर्भर घोषित भइन् ।
पुरुषतर्फ आर्मीका शमसेरबहादुर चन्द उत्कृष्ट डिफेन्डर, हरि अधिकारी उत्कृष्ट ब्लकर, पुलिसका इमबहादुर उत्कृष्ट सेटर, आर्मीका मान बहादुर श्रेष्ठ उत्कृष्ट सर्भर र पुलिसका कुल बहादुर थापा उत्कृष्ट स्पाईकर घोषित भए । सर्वोत्कृष्टले नगद १० हजार र उत्कृष्टले नगद ५ हजार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई राष्ट्रय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट लगायतले पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा भलिबल खेलको विकास र विस्तामा सहयोग पुर्याएको भन्दै पूर्व भलिबल खेलाडी एवं बिदेशमा गएर ब्यबसायिक खेल्ने प्रथम खेलाडी सशस्त्र प्रहरी बलका महानिरीक्षक दूर्ज कुमार राईलाई सम्मान गरिएको थियो ।
पोखरामा भलिबल खेलको विकासमा सदा सहयोग पुर्याउनु हुने कास्की जिल्ला एपिएफ गणपती एसएसपी कृष्ण भक्त ब्रम्हचार्यलाई दोसल्ला आढाई राखेप सदस्य सचिव विष्टले सम्मान गरे । त्यस्तै सृजना विकास केन्द्रका अध्यक्ष अर्जून कुमार श्रेष्ठलाई प्रशंसा पत्रद्वारा सम्मा गरिएको थियो । यस्तै प्रतियोगितालाई सफल पार्न सहयोग पुर्याउनेलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
उपाधिका साथ त्रिभुवन आर्मी टोली ।
उपाधिका साथ एपिएफ टोली ।
राखेपका सदस्य सचिव केशवकुमार विष्टसँग सम्मान ग्रहण गर्दै शसस्त्र प्रहरी बलका महानिरिक्षक दुर्जकुमार राई ।
राखेपका सदस्य सचिव केशवकुमार विष्टसँग ग्रहण गर्दै पश्चिम क्षेत्रिय शसस्त्र प्रहरी बलको मुख्यालय मुक्तिनाथका वाहिनी पति केबी ब्रमचार्य ।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]