5 months ago
October 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ ।
लुम्बिनी लायन्सका मालिक इश्वर जिसी र गौचनले शनिवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतालाई एक वर्षको रहेको र भविष्यमा पनि निरन्तरता पाउने बताइएको छ।
एनपिएलको आयोजनाका लागि गौचनले नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिए। उनले लुम्बिनीलाई आफूलाई मौका दिएकोमा धन्यवाद दिँदै टोलीलाई सफलता दिलाउन आफ्नोतर्फबाट शतप्रतिशत दिने बताए ।
लुम्बिनीका मालिक जिसी गौचनलाई भित्राउन पाउँदा गर्व लागेको जनाउँदै बताएका छन् । उनले टोली अहिले अक्सनमा केन्द्रित रहेको र मुख्य प्रशिक्षक चाँडै नियुक्त गर्ने बताए।
क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटमा गौचनको योगदानलाई आफूले शब्दमा बयान गर्न आवश्यक नरहेको बताए ।
लुम्बिनीका मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल रहेका छन् । लुम्बिनीको स्वामित्व फर्चुन हेल्थ कियर प्रालिसँग रहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । ८ टोलीको मार्की खेलाडीको टुंगो लागिसकेको छ ।
लिगमा सहभागी रहने नेपाली खेलाडीका लागि आइतवार अक्सन हुने तय भएको छ । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्धन गर्ने छन् ।
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शुक्रवार नेपाल पुलिस क्लबले दबदबा कायम गरेको छ । ४ वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा पुलिसले ४ स्वर्ण पदक हात पार्यो। सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरुष एकल कातामा पुलिसका सोनिम मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा […]