7 months ago
October 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिवार बिहान भएको खेलमा नेपालि पुरुष टोली कतारसँग ३३-० को स्कोरमा पराजित भएको हो।
नेपाल समूहचरणका सबै खेलमा पराजित भएपछि मुख्य स्पर्धा बहिरको च्यालेन्ज खेल्न परेको हो । नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
यसैगरि आज भएकाे अर्काे खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६-१० काे स्काेरमा पराजित गरेकाे छ। फिलिपिन्सले भने बहराइनलाई १९-१४ ले पराजित गरेकाे छ।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]