default_image

5 months ago

October 1, 2024

कर्णालीको लगातार दोस्रो जित

957 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली यश्विजले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द् (राखेप) कभर्डहलमा मंगलबार सम्पन्न खेलमा कर्णालीले गण्डकी थन्डर्सविरुद्ध ३-२ सेटको जित निकाल्यो । पहिलो सेटमा गण्डकीले २५-१५ को सहज जित निकालेको थियो । त्यसपछिका दुई सेट २५-२२, २५-१७ ले आफ्नो पक्षमा पार्दै कर्णालीले २-१ को अग्रता लियो ।

चौथो सेटमा गण्डकी २५-१९ ले विजयी भएपछि खेल लम्बियो । पाँचौं तथा निर्णायक सेटमा १५-१२ को जित निकाल्दै कर्णालीले विजयी यात्रा कायम राख्यो । जितसँगै कर्णालीले दुई खेलमा पाँच अंक जोडेको छ । दुवै खेलमा पराजित गण्डकीको एक अंक छ ।

पहिलो खेलमा कर्णालीले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गर्दा गण्डकीले चितवन शक्तिविरुद्ध ३-१ सेटमा हार बेहारेको थियो । कर्णालीले आफ्नो तेस्रो खेलमा बुधवार ललितपुर क्विन्ससँग खेल्नेछ । उता, गण्डकीले भने बुधवार नै काठमाडौं स्पाइकर्ससँग तेस्रो खेल खेल्नेछ ।

आजको दोस्रो खेलमा काठमाडौं स्पाइकर्स र चितवन शक्ति तथा तेस्रो खेलमा ललितपुर क्विन्स र मधेश युनाइटेडबीच खेल हुदैछ ।

February 23, 2025

च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तान दुबईमा भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । समूह ए मा रहेका दुई देशबीचको खेल युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुदैछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । डिफेन्डिङ च्याम्पियन पाकिस्तानले गत संस्करणको फाइनलमा […]

February 23, 2025

भिल्लाले चेल्सीलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा एस्टन भिल्लाले चेल्सीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा चेल्सी भिल्लासँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा भिल्लाको जितमा दुवै गोल मार्को असेन्सियोले गरे । पाहुना टोली चेल्सीका लागि भने एन्जो फर्नान्डेजले गोल गरे । खेलमासुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । ९औं मिनेटमा नै फर्नान्डेजले […]

February 23, 2025

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]

Success

Thank you for your time.