8 years ago
February 11, 2017
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब सृजना आमन्त्रण अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ च्याम्पियन बनेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाईलाई ३–१ ले हराएको थियो ।
आर्मीले फाइनल २५–२१,२१–२५,२७–२५ र २५–१३ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । झन्डै डेढ महिनाको बीचमा आर्मीको यो तेस्रो उपाधि हो । जगदिश भट्टको प्रशिक्षणमा रहेको आर्मीले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जिते आर्मीले केही साता अघि प्रधानसेनापती कपको उपाधि उचालेको थियो ।
विजेता आर्मीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो भएको पुलिसले ७७ हजार ७ सय ७७ रुपैयाँ पाउनेछ । शुक्रबार एपिएफलाई हराउँदै पश्चिमाञ्चले पुरुषतर्फ तेस्रो स्थान प्राप्त गरेको थियो । तेस्रो हुने टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको थियो । महिलातर्फको फाइनलमा न्यू डाइमन्ड र एपिएफबीच प्रतिस्पर्धा हुँदैछ ।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]