default_image

7 months ago

September 29, 2024

न्युजिल्यान्डविरुद्धको सिरिजमा श्रीलंकाको क्लिन स्विप

1054 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिजमा श्रीलंकाले क्लिनस्विप गरेको छ । न्युजिल्यान्डविरुद्ध श्रीलंकाले दोस्रो टेस्टमा फराकिलो जित हात पारेको छ ।

श्रीलंकाले पाहुना टोलीमाथि दोस्रो टेस्टको चौथो दिन आइतवार १ इनिङ र १ सय ५४ रनको जित हासिल गरेको हो । जित सँगै घरेलु टोलीले सिरिजमा २-० ले क्लिनस्विप गरेको छ । पहिलो खेलमा घरेलु टोलीले ६३ रनले विजयी भएको थियो ।

पहिलो इनिङमा ८८ रन मात्र बनाए पछि पाहुना टोली ५ सय १४ रनले पछि परेको थियो । घरेलु टोलीले फलोअन दिएपछि दोस्रो इनिङको सुरुवात गरेको न्युजिल्यान्डले ३ सय ६० रन मात्र बनाए पछि इनिङ सहितको फराकिलो हार बेहोर्न पुग्यो ।

न्युजिल्यान्डका चार खेलाडीले अर्धशतक बनाए पनि फराकिलो हार टार्न भने सकेनन् । डेभोन कन्वे, टम ब्लन्डल, ग्लेन फिलिप्स र मिचेल स्यान्टनरले अर्धशतक बनाएका थिए ।

फिलिप्सले सर्वाधिक ७८, स्यान्टनरले ६७, कन्वेले ६१ तथा ब्लन्डलले ६० रन जोडे । केन विलियम्सले ४६, अजाज पटेलले २२ तथा रचिन रविन्द्रले १२ रन जोडे ।
श्रीलंकाका लागि निसान पेरिसले ६, प्रभात जयसुर्याले ३ तथा धनन्जय डि सिल्भाले १ विकेट लिए ।

पहिलो इनिङमा पाहुना टोलीले ८८ रन मात्र बनाउन सक्यो । टोलीका लागि मिचेल स्यान्टेनले सर्वाधिक २९, ड्यारेल मिचेलले १३ तथा रचिन रविन्द्रले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । घरेलु टोलीका लागि प्रबात जयसुर्याले ६ तथा निसान पेरिसले २ विकेट लिएका थिए।

त्यसअघि टस जितेर ब्याटिङको सुरुवात गरेको घरेलु टोलीले तीन ब्याटरको शतकमा पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । घरेलु टोलीले पहिलो इनिङमा ५ विकेट गुमाएर ६ सय २ रन बनाउदै इनिङ समाप्तीको घोषणा गरेको थियो ।

दिनेश चन्डिमल, कमिन्डु मेन्डिस र कुशल मेन्डिसले शतक पूरा गरे। कमिन्डुले नट आउट १ सय ८२, चन्डिमलले १ सय १६ तथा कुशलले नट आउट १ सय ६ रन बनाएका थिए ।

एन्जेलो म्याथ्युजले ८८, दिमुथ करुणारत्ने १ ४६ रन बनाउँदै रन आउट भए। न्युजिल्यान्डलेका लागि ग्लेन फिलिप्सले ३ तथा कप्तान टिम साउथीले १ विकेट लिए ।

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]

May 2, 2025

इरानी टोली सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको‌ टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]

Success

Thank you for your time.