6 months ago
September 22, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गरिरहेको नेपालले १०.१ ओभरमा ४ विकेट गुमाएर ३० रन मात्र बनाएको छ ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । आसिफ २ रन बनाउदै कलिम सानाको बलमा आउट भएका हुन् । आसिफ २ रन बनाउदै कलिम सानाको बलमा बोल्ड आउट भए ।
दोस्रो विकेटका रुपमा तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्की सानाकै बलमा आउट भए । भीमले ४ रन मात्र बनाएका थिए । भीम विकेट किपर श्रेयस मोभ्भाबाट कट बिहाइन्ड भएका थिए ।
तेस्रो विकेटका रुपमा अर्का ओपनर अर्जुन साउद डेलिन हेलिगरको बलमा आउट भए । अर्जुनले १० रन जोडेका थिए । अर्जुन साद विन जाफरबाट समातिएका थिए । चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल ४ रन बनाउँदै रन आउट भए । क्रिजमा अनिल शाह १ र आरिफ शेख ३ रनमा रहेका छन् ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]