5 months ago
September 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) का लागि खेलाडी रजिस्ट्रेसन खुला गरिएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार विज्ञप्ती जारी गर्दै पहिलो संस्करणको एनपिएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीहरुलाई नाम दर्ता गर्न आह्वान गरेको हो ।
लिगको पहिलो संस्करणको लागि हुने अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीका लागि खेलाडी दर्ता प्रकृया खुला गरिएको उल्लेख गरिएको छ।
खेलाडीलाई ए, बी र सी गरी ३ श्रेणीमा विभाजन गरिने भएकोले खेलाडीले कुनैपनि श्रेणीमा नाम दर्ता गराउन सक्ने क्यानले जनाएको छ ।
खेलाडी दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ । खेलाडीले असोज १२ गते सम्म नाम दर्ता गरिसक्नु पर्नेछ । क्यानका सचिव पारस खड्काले एनपिएलको अक्सन दशैं अघि हुने यसअघि नै बताका थिए ।
नेपाली खेलाडी अक्सनबाट छनोट हुदा विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्धन गर्न पाउने छन् । एनपिएलमा सहभागी ८ टोली र तीनका मार्की खेलाडी छनोट भइसकेका छन् ।
गोलाप्रथाबाट काठमाडौंमा करण केसी, पोखरामा कुशल भुर्तेल, विराटनगरमा सन्दीप लामिछाने, चितवनमा कुशल मल्ल, लुम्बिनीमा रोहित पौडेल, जनकपुरमा आसिफ शेख, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्र सिंह ऐरी मार्की परेका थिए।
क्यानको आयोजनामस एनपिएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ।
March 1, 2025
धनगढी (हाम्रो खेलकुद)- धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट ४ फुटबल खेलाडी छनोट भएका छन् । नेपाल सुपर लिग( एनएसएल) तेस्रो संस्करणका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा ४ जना खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमित सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) रहेका छन् […]
March 1, 2025
पोखरा ( हाम्रो खेलकुद)- प्रथम गण्डकी राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब सिनियर र आयोजक गण्डकी प्रदेश जुनियरतर्फ च्याम्पियन भएको छ । गण्डकी प्रदेश फेन्सिङ संघ र कास्की जिल्ला फेन्सिङ संघको संयुक्त आयोजना तथा नेपाल फेन्सिङ संघको प्राविधिक सहयोगमा शनिवार पोखरामा प्रतियोगिता सम्पन्न भएको हो। सिनियरमा आर्मी ६ स्वर्ण, ४ रजत र ५ कास्य पदकसहित […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]