8 years ago
February 10, 2017
पोखरा (हाम्रो खेलकुद)– कीर्तिमानी प्रदर्शनसँगै व्यवसायिक नम्बर एक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ७० को हिमालयन गल्फ कोर्समा उनले कर्तिमानी ९ अन्डर २ सय १ स्कोर खेल्दै शिवरामले सिजनको लगातार तेस्रो उपाधि जितेका हुन् ।
शिवराम श्रेष्ठलाई उपाधि हस्तान्तरण गर्दै सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर बालाकिशन गुरुङ (दायाँ) ।
अन्तिम दिन शुक्रबार शिवरामले ६ अन्डर ६४ खेल्दै हिमालयन गल्फ कोर्समा कीर्तिमान बनाएका हुन् । ५४ होलमा कुनैपनि गल्फरले बनाएको यो हालसम्मकै उच्च स्कोर हो । अन्तिम दिन शिवराले फ्रन्ट नाइनमा इभन पार ३५ खेले । ब्याक नाइनमा उनले ६ अन्डर २९ को स्कोर बनाए । १८ होलमा ६ अन्डर पारको पनि यो हिमालयन गल्फ कोर्समा कीर्तिमानी स्कोर हो । यसअघि धनबहादुरको नाममा ५ अन्डरको प्रदर्शन थियो ।
सूर्य नेपाल गल्फ टुर २०१६÷१७ को जारी सिजनमा लगातार तेस्रो उपाधि जितेका ३३ बर्षे शिवरामको खेल जीवनको त्यो ३३ औं उपाधि हो । उपाधिसहित शिवरामले एक लाख १० रुपैयाँ पुरस्कार पाए । यो सिजन उनले सूर्य नेपाल इस्टर्न ओपन र सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि जितिसकेका छन् ।
शिवराभन्दा ९ स्ट्रोकले पछि परेका उमेश नगरकोटी दोस्रो भए । अन्तिम दिन २ अन्डर ६८ खेलेका उमेशले समग्रमा इभनपार दुई सय १० कार्ड बनाए । उनले ७० हजार रुपैयाँ प्राप्त गरे । २ ओभर २ सय १२ को स्कोर गरेका धन बहादुर थापा तेस्रो भए । धनले अन्तिम दिन १ ओभर ७१ को प्रदर्शन गरे । उले ५० हजार रुपैयाँ जिते । ६ ओभर २ सय १६ खेलेका दिपक थापामगर र रवि खड्का संयुक्तरुपमा चौथो भए । सञ्जय लामा २ सय १७ स्कोरका साथ छैटौं र २ सय १७ स्कोर गरेका सूर्य प्रसाद शर्मा सातौं भए ।
कमललाई एमेच्योर उपाधि
एमेच्योर तर्फको उपाधि कमल तामाङले जिते । अन्तिम दिन ४ ओभर ७४ खेलेका कमलले तीन दिने प्रतियोगितामा समग्र ११ ओभर २ सय २१ स्कोर खेले । २ सय ३४ खेलेका युवराज भुजेल काउन्ट ब्याकका आधारमा दोस्रो तथा समान स्कोर बनाएका मिथुन राई तेस्रो भए ।
नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपिजिए) को आयोजना र सूर्य नेपाल प्रा लिको प्रायोजनमा ६ लाख रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा फाइनल चरणमा पुगेका २१ प्रो गल्फरले नगद पुरस्कार हात पारे ।
विजेतालाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर बालाकिशन गुरुङ, नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपिजिए) का अध्यक्ष रविन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष मधुकर याक्थुम्बा लगायतले पुरस्कार वितरण गरे । प्रतियोगिता अन्तर्गत शनिबार प्रोएम प्रतिस्पर्धा हुने एनपिजिएले जनाएको छ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले नेपालमा पहिलो पटक आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि जितेका छन् । क्षितिजले फाइनलमा शुक्रवार क्यान्डिडेट मास्टर (सिएम) मिलन लामालाई पराजित गर्दै उपाधि जितेका हुन् । ‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितीजले सुरुआती दुवै खेल जितेर २–० ले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]