8 years ago
February 9, 2017
पोखरा (हाम्रो खेलकुद) – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष पोखरामा जारी सृजना अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता २०७३ को फाईनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा भएको प्रतियोगिताको पुरुषको दोश्रो सेमिफाईनल खेलमा आर्मीले आयोजक पश्चिमाञ्चललाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । पहिलो सेटमा २५–२०ले जित हात पारेको आर्मीले दोश्रो सेटमा पश्चिमाञ्चललाई १६–२५ले खेल सुम्पियो । तर सेनाले आफुलाई सम्हाल्दै तेश्रो सेटमा २५–१३ र चौथो सेटमा २५–२० को जित हात पार्दै फाइनलमा स्थान बनायो । अव आर्मीले उपाधीको लागि पुलिसको सामना गर्ने भएको छ । पुलिस यस अघिनै फाइनल प्रवेश गरिसकेको छ ।
आर्मीका मनबहादुर श्रेष्ठ प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भए ।
यस अघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदकी सदस्य यान कुमारी “अश्मिता” गुरुङ्गले राष्ट्रिय रेफ्रि कोपिल जि.सी.लाई भलिबल हस्तान्तरण गर्दै खेलको सुरुवात गरेकी थिईन् ।
सृजना विकास केन्द्रको प्रायोजन तथा पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघको आयोजना एवं पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिको सहयोगमा भएको प्रतियोगिताको महिला तर्फको खेलमा काठमाण्डौ नैकापको न्यू डायमण्ड एकेडेमीले आयोजक पश्चिमाञ्चल टिमलाई ३–१ले पराजित गर्दै उपाधी नजिक पुगेको छ । बिहिबार भएको सेमिफाईनला डायमण्डले पश्चिमाञ्चललाई २५–१९, २५–१७, १७–२५ र २५–११ले पराजित गर्दै फाईनलमा स्थान पक्का गर्न सफल भयो । डायमण्डले अव उपाधीको लागि शनिबार सशस्त्र प्रहरीको एपिएफ संग प्रतिस्पर्धा गर्नेछ ।
न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी घोषित भईन् ।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]