default_image

6 months ago

September 14, 2024

राष्ट्रपति पौडेलद्वारा अवार्ड आयोजनाका लागि मञ्चलाई बधाई

327 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रका उत्कृष्ट खेलाडीलाई २ दशक देखि निरन्तर सम्मान गरेर राम्रो परम्परा स्थापित गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद पत्रकार मञ्चलाई बधाई दिएका छन् ।

राष्ट्रपति पौडेलले सम्मानका लागि हुने अवार्ड आयोजनामा आफ्नो साथ र शुभकामना संधै रहने बताए ।

एसियाका खेल पत्रकारको संगठन एआइपिएस एसियाको २५ औं कंग्रेसका‌ सहभागीलाई शनिवार आफ्नै निवासमा भेट दिनेक्रममा राष्ट्रपतिले‌ यस्तो बताएका हुन्।

कंग्रेस आयोजनाको लागि नेपाललाई छानेकोमा‌ एआइपिएस एसियालाई धन्यवाद दिदै कंग्रेस सफलतापूर्वक सम्पन्न भई एसियाली पत्रकारहरुको हक हितमा महत्वपूर्ण निर्णयका साथ काठमाडौं घोषणापत्र जारी गर्न सफल भएकोमा बधाईका पात्र हुनुहुन्छ ।

‘नेपालको पहिचान सगरमाथाको देश र बुद्ध जन्मस्थलको रुपमा विश्वव्यापी छ । त्यतिमात्र होइन, नेपाल खेल र खेलाडीको पनि देश हो। भर्खरै मात्र तेक्वान्दोकी पलेशा गोवर्धनले पारा ओलम्पिकमा पदक जितेर नेपालको नाम उँचो पार्नुभएको छ’, राष्ट्रपति पौडेलले भने ,’ त्यस्तै साहसिक खेल, हाइ अल्टिच्युट खेल, अल्ट्रा दौडमा नेपालको सम्भावना उच्च छ । हिँउको दौड एभरेस्ट म्याराथुनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाएका छन् ।’

नेपाल यस्तो साहसिक खेलको प्रचुर सम्भावना भएको देश हो भनेर तपाईहरुले विश्व खेलकुद क्षेत्रमा यो सन्देश छरिदिनु होला भन्ने मलाई विश्वास छ, राष्ट्रपतिले थपे, एआइपिएस एसियाको। कंग्रेस जस्तो कार्यक्रम आयोजनाको आँट गर्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च लाई पनि शुभकामना र बधाई छ ।’

कंग्रेसमा २४ राष्ट्रका ५६ जनाको सहभागिता रहेको मन्चले जनाएको छ। नेपालमा‌ पहिलो पटक एआइपिएसको कंग्रेस आयोजना भएको हो।
मञ्चको आयोजना शुक्रवार भएको पल्सर स्पोर्ट्स अवार्डमा १० विधामा सम्मान गरिएको थियो।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

भलिबलका हेमन्तको गन्तव्य पनि अस्ट्रेलिया

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

Success

Thank you for your time.