8 years ago
February 8, 2017
पोखरा (हाम्रो खेलकुद)– सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा एपिएफ क्लब महिला र नेपाल पुलिस क्लब पुरुषतर्फको फाइनलमा पुगेका छन् । महिलातर्फ एपिएफले पुलिसलाई र पुरुषतर्फ पुलिसले एपिएफलाई हराएका थिए ।
पोखरा रंगशालामा जारी प्रतियोगितामा पुलिसलाई २५–१५, २५–१४ र २५–१५ को सोझो सेटमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफकी रेश्मा भण्डारी ओमेन अफ द म्याच घोषित भइन् । एपिएफले न्यु डायमण्ड र पश्चिमाञ्चलबीचको विजेतासँग फाइनल खेल्नेछ ।
एपिएफका प्रशिक्षक प्रकाश थपलियाले पुलिस कमजोर टोली नभएपनि नयाँ खेलाडीमा रहेको अनुभवको कमी र आफ्ना खेलाडी फर्ममा हुँदा जित सम्भव भएको बताए । पुलिसका प्रशिक्षक भरत शाहले नयाँ खेलमा अनुभवको कमी भएकाले हार्नु परेको बताए । शाहले टोलीमा चुडा खड्काको अभाव खड्कीएको बताए ।
पुरुष तर्फको सेमिफाइनलमा पुलिसले एपिएफलाई ३०–२८,१९–२५,२५–१६ र २५–१४ जितेको थियो । पुलिसका कुल बहादुर थापा म्यान अफ द म्याच घोषित भए । पुलिसले अर्को विभागिय टोली आर्मी र पश्चिमाञ्चलको विजेतासँग फाइनल खेल्नेछ ।
प्रतियोगिता सृजना समाज केन्द्रको प्रायोजन तथा पश्चिमाञ्चल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिको सहयोगमा सञ्चालन भएको हो ।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]