7 months ago
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई नगद पुरस्कार सहित सम्मान गरेका छन्।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय टोलीका १४ खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेका हुन्।
राष्ट्रिय टोलीमा कप्तान अरूणा शाही, प्रगति नाथ, सरस्वती चौधरी, उषा भण्डारी, निरूता ठगुन्ना, सोफिया पुन, पुनम चन्द, सुमित्रा रेग्मी, कविता भट्ट, आरती सुवेदी, संगम महतो, सलिना श्रेष्ठ, शान्ति कला तामाङ र कामना विष्ट रहेका छन्।
यसैगरी मुख्य प्रशिक्षक जगदीश भट्टलाई २ लाख तथा सहायक प्रशिक्षक भरत यादव , व्यवस्थापक निलम सिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही १ लाख २० हजार रुपैयाँ प्रदान गरिएको छ।
युवा तथा खेलकुद मन्त्रालयले सम्मानित अधिकांश कुल १८ मध्ये अधिकांशको खातामा रकम जम्मा भैसकेको पनि जानकारी दिइयो। खाता नम्बर नमिलेको केहि खेलाडीको हकमा भने आज साँझ सम्म रकम जम्मा हुने बताइएको छ।
सम्मानपछि प्रधानमन्त्री ओलीले सुविधा कम हुँदा पनि खेलाडीहरूले दिलाएको सफलताको लागि टोलीलाई बधाई दिए।
दक्षिण एसिया र यो भन्दा माथिल्लो स्तरमा पुग्नलाई सुविधामा थप गर्नुपर्ने, भौतिक पुर्वाधार निर्माणमा जोड दिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसको लागि आफ्नो ध्यान पुगेको भन्दै आर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थामा रहेपनि भलिबल विकासका लागि अधिकतम कोशिस गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। भलिबल प्रशिक्षणका लागि प्रशिक्षण हल सम्म नभएको विषयप्रति आफू जानकार रहेको बताए ।
सम्मानपछि कप्तान अरूणाले यो सम्मानको लागि नेपाल सरकारलाई धन्यवाद दिँदै यसले जिम्मेवारी बढेको र अझै उत्कृष्ट भलिबल खेलेर देशलाई चिनाउन लागि पर्ने बताइन्।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पुरस्कारको नियम रहेपनि यति चाँडै पुरस्कारका प्रदान गर्न संभव भएकोमा प्रधानमन्त्री ओली र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई धन्यवाद दिए।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पदक विजेता खेलाडीलाई पुरस्कारको ब्यवस्था रहेपनि खेलाडीको पुरस्कार रकममा निकै ढिलाई हुँदै आएको थियो। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार राष्ट्रिय टोली आज सम्मानित भएको हो।
गत महिना काठमाडौंमा भएको काभा नेसन्स लिगमा नेपाल दोस्रो भएको थियो। लिग चरणमा भलिबल इतिहासमै भारतलाई पहिलो पटक हराएको नेपाली टोली फाइनलमा सोही टोलीसँग ३-२ सेटले पराजित भएको थियो।
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आइ सिरिजको लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । हङकङमा चैत २७ गते सुरु हुने सिरिजमा नेपाल, कतार, कुवेत र घरेलु टोली सम्मिलित छन् । क्यानका अनुसार सन्दीप लामिछाने […]
March 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सविरुद्ध टस जितेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा मुम्बईमा कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । सुरुवाती खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजीमा रहेका छन् । आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग र मुम्बई चेन्नई सुपर किंग्ससँग […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]