8 months ago
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन साक्वजनिक भएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार एक कार्यक्रममाझ मनोनयन सार्वजनिक गरेको हो । अवार्डका लागि क्रिकेटका गुलशन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट, फुटबलकी प्रिती राई तथा रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा रहेका छन् ।
कार्यक्रममा भोटिङ पार्टनरमा इसेवासँग पनि एनएसजेएफले सम्झौता नविकरण गरेको छ । समर्थकले आफ्नो रोजाइका खेलाडीलाई इसेवामार्फत भोटिङ गर्न सक्नेछन् ।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]