default_image

7 months ago

August 16, 2024

महिला भलिबल लिगको टोली र प्रशिक्षक घोषणा

9026 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबल फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगका लागि सहभागी ६ टोलीका सम्पूर्ण खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ ।

इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गर्न लागेको लिगमा सहभागी हुने मार्की खेलाडीको नाम गत साता घोषणा गरिएको थियो । जसमा राष्ट्रिय टोली कप्तान अरुणा शाहीसहित ६ खेलाडी अलग अलग टोलीको मार्की‌ खेलाडी चुनिएका‌ थिए । शुक्रबार एक प्रेश विज्ञप्तिमार्फत टोलीका अन्य सदस्य र प्रशिक्षकको नाम घोषणा गरिएको हो ।

अरुणा चितवनको मार्की रहेकी छिन् भने सरस्वती चौधरी गण्डकी, सलिना श्रेष्ठ ललितपुर, निरुता ठगुन्ना मधेश, उषा भण्डारी काठमाडौं र सुमित्रा रेग्मी कर्णालीबाट खेल्नेछन् ।

राष्ट्रिय टोलीका प्रशिक्षक जगदीश भट्टले काठमाडौंको टोली हेर्दा कुमार राईले सुमित्रा रेग्मी मार्की रहेको कर्णाली सम्हाल्नेछन् । मधेश र ललितपुरले क्रमश: स्थानीय भरत यादव र उत्सव खड्कालाई प्रशिक्षण सुम्पदा चितवनमा अर्जुन घिमिरे रहेका छन् ।

नेपाल भलिबल संघ सँगको समन्वयमा इन्फिनिटीले मार्कीको नाम‌ सार्वजनिक गरेको हो । हरेक टोलीमा ३ विदेशी राख्न पाउने व्यवस्था छ । कम्तिमा १ खेलाडी ट्यालेन्ट हन्टबाट छनोट गरिने यसअघि नै बताइएको छ । अब हरेक टोलीले विदेशी खेलाडी र ट्यालेन्ट हन्टका खेलाडी थप्नेछन् ।

व्यावसायिक नेपाली खेलाडीलाई‌ ३ श्रेणीमा विभाजन गरि न्युनत्तम मुल्य तोकिएको छ । ए श्रेणीको लागि १ लाख ५० हजार, बीको लागि १ लाख र सीको लागि ५० हजार रुपैयाँ तोकिएको छ ।

टिम गण्डकी :

सरस्वती चौधरी ‘ए’, प्रगति नाथ ‘बि’, लक्ष्मी चन्द ‘बि’, रिमा कुँवर ‘बि’, कविता भट्ट ‘बि’, आरति चौधरी ‘सी’, स्नेहा ठगुन्ना ‘सी’, सरस्वती जैशी ‘सी’

प्रशिक्षक : रुपेश कुमार विष्ट

टिम काठमाडौं :

उषा भण्डारी ‘ए’, आरती सुवेदी ‘बि’, कोपिला राना ‘बि’, कमला पुन ‘बि’, उषा विष्ट ‘बि’, निशा महर ‘सी’, वसन्ती साउद ‘सी’, रश्मिता दुरा ‘सी’

प्रशिक्षक : जगदीश प्रसाद भट्ट

टिम मधेश:

निरुता ठगुन्ना ‘ए’, पुजा थारु ‘बि’, संगम महतो ‘बि’, शान्ति तामाङ ‘बि’, हिरा केसी ‘सी’, आशिक क्षेत्री ‘सी’, एलिशा मानन्धर ‘सी’

प्रशिक्षक : भरत यादव

टिम ललितपुर :

सलिना श्रेष्ठ ‘ए’, पुनम चन्द ‘बि’, कामना विष्ट ‘बि’, सफिया पुन ‘बि’, निशा चौधरी ‘बि’, अनुषा चौधरी ‘सी’, नेहा चौधरी ‘सी’, भावना तामाङ ‘सी’

प्रशिक्षक: उत्सव खड्का

टिम कर्णाली :

सुमित्रा रेग्मी ‘ए’, मिना सुनार ‘बि’, मनिषा चौधरी ‘बि’, यमुना रसाइली ‘बि’, सुनिता राई ‘बि’, सृष्टि खड्गी ‘सी’, गरिमा बोहोरा ‘सी’, पशुपति बोहोरा ‘सी’

प्रशिक्षक : कुमार राई

चितवन शक्ति:

अरुणा शाही ‘ए’, सलिना बुढा मगर ‘बि’, जेनिशा विश्वकर्मा ‘बि’, एन्जिला प्रधान ‘बि’, सुनिता खड्का ‘बि’, भावना डाँगी ‘सी’, वाल्मिका आचार्य ‘सी’, सरस्वती कट्टेल’सी’

प्रशिक्षक : अर्जुन घिमिरे

March 26, 2025

परागको घरेलु मैदानमा राजस्थान र कोलकाता भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]

March 26, 2025

इरान विश्व कपका लागि छनोट

एजेन्सी – इरान फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । उज्वेकिस्तानसँग मंगलवार २–२ गोलको बराबरी खेल्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।घरेलु मैदानमा भएको खेलमा इरानका लागि मेहदी तारेमीले २ गोल गरे । उज्वेकिस्तानका लागि भने खोजिमत एर्किनोभ र एब्बोस्बेक फेजुलेभले गोल गरे । खेलमा सुरुवाती अग्रता उज्वेकिस्तानले बनाएको थियो । १६औं […]

March 26, 2025

अर्जेन्टिना विश्व कपका लागि छनोट, ब्राजिलको हार

एजेन्सी – अर्जेन्टिना फिफा विश्वकप २०२६ को लागि छनोट भएको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिनाको विश्व कप यात्रा पक्का भएको हो । छनोट निश्चित भइसकेपछिको बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले हरायो । घरेलु मैदानमा अर्जेन्टिना एकतर्फी जित दिलाउन जुलियन […]

Success

Thank you for your time.