8 years ago
February 7, 2017
पोखरा (हाम्रो खेलकुद) – काठमाडौ नैकापको न्यु डायमण्ड एकेडेमी र पश्चिमाञ्चल यहाँ जारी सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । हालै एपिएफ महिला भलिबलको उपाधि जितेको न्यु डायमण्डले मंगलबार युपिए भारतलाई २५–६, २५–६ र २५–१०को सोझोमा हराउँदै समूह बी को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।
न्यु डायमण्डले अब सेमिफाइनलमा पश्चिमाञ्चल संग प्रतिस्पर्धा गर्नेछ । पश्चिमाञ्चलले मंगलबार भएको अन्तिम लिग खेलमा त्रिभुवन आर्मी क्लबलाई २५–१६, २६–१६ र २५–१८ ले पराजित ग¥यो । अर्को सेमिफाइनलमा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिसको सामना गर्नेछ ।
पुरुषतर्फ समूह ए बाट पुलिस क्लब र पश्चिमाञ्चल सेमिफाइनल पुगेका छन् । मंगलबार भारतको युपी भलिबल संघले अन्तिम अवस्थामा विशेष कारण देखाई प्रतियोगितामा उपस्थित हुन असमर्थ जनाएपछि एक खेल अगावै नेपाल पुलिस र पश्चिमाञ्चल सेमिफाइनलमा पुगेका हुन् । यस अघि पुलिसले पश्चिमाञ्चललाई पराजित गरिसकेको छ । त्यसैले पुलिस आफ्नो समूहको विजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।
यस्तै पुरुषकै समूह बि बाट सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् । मंगलबार भएको खेलमा अधिकांश भारत हरियाणाका खेलाडीहरु रहेको क्लब लिग च्याम्पियन हेल्प नेपालले आर्मीलाई पराजित गरेता पनि अंक बाँडनु परेका कारण प्रतियोगिताबाट बाहिरिन पुग्यो । हेल्प नेपालले आर्मीलाई ३–२ ले पराजित ग¥यो । निर्णायक सेटमा विजयी भएका कारण हेल्प नेपाले २ अंक मात्र प्राप्त ग¥यो भने आर्मीले १ अंक प्राप्त ग¥यो । यस अघि आर्मीले एपिएफलाई पराजित गर्दै ३ अंक प्राप्त गरेको थियो । कुलमा ४ अंकका साथ आर्मी प्रथम स्थानका साथ सेमिफाइनल पुगेको हो ।
समूह उपविजेता बन्दै एपिएफ पनि अन्तिम चारमा पुगेको छ । एपिएफले हेल्प नेपाललाई पराजित गरि ३ अंक प्राप्त गरेको थियो । हेल्प नेपालले आर्मीलाई २२–२५, २५–१५, २५–२७, २५–१३ र १५–१३ ले पराजित गरेका हो । सेमिफाइनलमा आर्मी र पश्चिमाञ्चल तथा पुलिस र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।
यसैबीच, सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितालाई सनराईज क्लब, हङ्गकङ्गले १० हजार रुपैयाँ प्रदान गरेको छ । अध्यक्ष नविन थापा मगर र उपाध्यक्ष गंगा बहादुर गुरुङ्गले रकम कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङ्गलाई मंगलबार हस्तान्तरण गरे । कास्की जिल्ला खेलकुद विकास समिति प्रतियोगिताको संयुक्त आयोजक हो ।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]