8 months ago
August 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगमा उपविजेता बन्न सफल नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई भलिबल समर्थकले नगदसहित सम्मान गरेका छन् ।
फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको टोलीलाई भलिबल समर्थक तथा युवा व्यवसायी गणेश रिजालले नगदसहित सम्मान गरेका हुन् । नक्सालस्थित क्राउन प्लाजा होटलमा आयोजित कार्यक्रममा भलिबल संघका पदाधिकारी लगायत पूर्व राष्ट्रिय खेलाडीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै रिजालले भलिबल संघको आजीवन सदस्यता लिने निर्णय समेत सुनाए । उनले टोलीलाई नगद सम्मान तथा रात्री भोजको आयोजनाका लागि २ लाख रुपैयाँ टोलीलाई प्रदान गरेका थिए । ‘एक भलिबल समर्थकको नाताले टोलीलाई सम्मान गर्न पाउँदा खुसी छु । आशा छ आउने दिनमा यसले टोलीको हौसला आझ बढ्नेछ । म सम्भव भए भलिबल संघको आजीवन सदस्य पनि लिनेछु,’ उनले बताए ।
कार्यक्रममा बोल्दै भलिबल संघका उपाध्यक्ष तथा प्लाजा होटल ग्रुपका अध्यक्ष युवराज श्रेष्ठले रिजालको कदममा धन्यवाद ज्ञापन गर्दै आफ्नो संस्थाबाट टोलीलाई एकमुष्ठ नगद १ लाखले सम्मान गर्ने घोषणा गरे । ‘फाइनलको भोलिपल्ट नै काठमाडौं महानगरले पुरस्कार वितरण नै गर्यो । भलिबल संघले पनि घोषणा गरेको छ, सरकार प्रक्रियामा छ । तर म निजि क्षेत्र मौन देखिरहेको छु । समर्थकले नै सम्मान गरेपछि अब निजि क्षेत्र जाग्ने आशा लिएको छु । म आफू रहेको संस्थाबाट पनि टोलीलाई १ लाख रुपैयाँले सम्मान गर्ने घोषणा गर्छु,’ श्रेष्ठले भने ।
नेपाली टोलीलाई फाइनलको भोलिपल्ट नै महानगरले जनही १ लाख रुपैयाँले सम्मान गरेको छ । त्यस्तै संघले हरेक खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको छ ।
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आइ सिरिजको लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । हङकङमा चैत २७ गते सुरु हुने सिरिजमा नेपाल, कतार, कुवेत र घरेलु टोली सम्मिलित छन् । क्यानका अनुसार सन्दीप लामिछाने […]
March 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सविरुद्ध टस जितेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा मुम्बईमा कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । सुरुवाती खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजीमा रहेका छन् । आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग र मुम्बई चेन्नई सुपर किंग्ससँग […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]