7 months ago
August 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले काभा बीच भलिबल च्याम्पियनसिपको पदक विजेता नेपाली महिला र पुरुष जोडीलाई नगदबाट पुरस्कृत गर्ने भएको छ ।
भुटानमा गत साता सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा कमला पुन र मनिषा चौधरीको जोडीले स्वर्ण पदक तथा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले रजत पदक जितेको थियो । संघले स्वर्ण पदक विजेता जोडीलाई जनही ६० र रजत पदक विजेतालाई ३० हजार रुपैयाँबाट पुरस्कृत गर्ने भएको छ ।
काठमाडौं बुधकार सम्पन्न काभा महिला नेन्सन्स लिगको समिक्षा बैठकका दौरान बीच भलिबलको पदक विजेता टोलीलाई नगदले पुरस्कृत गर्ने निर्णय भएको संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए । काभा नेसन्स लिगकै टिकट विक्रीबाट संकलन भएको रकमबाट पुरस्कृत गर्ने संघले निर्णय गरेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]