7 months ago
August 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- इरान काभा महिला भलिबल नेसन्स लिगमा तेस्रो भएको छ। श्रीलंकालाई सोझो सेटमा हराउँदै इरान तेस्रो भएको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको खेलमा श्रीलंका विरूद्ध इरानले सुरूवात राम्रो गर्यो।
पहिलो सेट २५-२२ ले जित्दै १-० को अग्रता बनायो। दोस्रो सेटमा भने श्रीलंकाले युवा टोली इरानलाई चुनौती दियो। सुरूदेखि नै प्रतिस्पर्धात्मक बनेको सेटमा इरानले नै बाजी मार्यो। २८-२६ ले दोस्रो सेट जितेर इरानले २-० को स्पष्ट अग्रता बनायो।
२-० ले पछि परेको श्रीलंका तेस्रो सेटमा झनै निरिह बन्यो। जहाँ इरानले २५-१७ ले तेस्रो सेट आफ्नो पक्षमा पार्यो। इरानले लिग चरणमा पनि श्रीलंकालाई हराएको थियो।
सहज जितका साथ इरान तेस्रो भयो। श्रीलंका भने चौथो भयो। इरान सेमिफाइनलमा नेपालसँग र श्रीलंका भारतसँग पराजित भएको थियो। नेपाल र भारतबीचको फाइनल साँझ ५ बजे हुनेछ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]