default_image

7 months ago

August 7, 2024

नेपाल‌लाई घरेलु कोर्टमा पहिलो पटक च्याम्पियन बन्ने अवसर

2262 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई पहिलो पटक घरेलु कोर्टमा च्याम्पियन बन्ने अवसर छ।

महिला भलिबल टोलीले अहिलेसम्म स्वदेशमा अन्तर्राष्ट्रिय भलिबलको उपाधि जितेको छैन । दोस्रो पटक नेपालले उपाधि जित्ने मौका‌ पाएको छ ।

यसअघि सन्‌ २०१९ मा‌ स्वदेशमा आयोजना भएको १३ औं‌ दक्षिण एसियाली खेलकुद (साग) को फाइनल खेलको थियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भारतविरुद्धको‌ फाइनलमा जितको‌ नजिक पुगेर पनि नेपाली टोली ३-२ सेटमा पराजित भएको थियो।

फेरि उही संयोग जुरेको छ । सोही कोर्टमा आज काभा महिला नेसन्स लिगको फाइनलमा नेपालले भारतकै सामना गर्नेछ। गत वर्ष भएको काभा च्यालेन्ज कपमा नेपाल तेस्रो भएको थियो।

यसपटक नेपाली टोली उच्च प्रदर्शन र मनोबलका‌ साथ फाइनल पुगेको‌ छ । लिग चरणमा भारतविरुद्ध ३-२ सेटको जित निकाल्दै नेपालले एतिहासिक सफलता हासिल गरेको थियो। २५ वर्षयता महिला भलिबलमा भारतमाथि नेपालको‌ त्यो पहिलो जित हो ।

सन् १९९९ मा आठौं सागमा नेपालले पहिलो पटक भारतको सामना गरेको थियो। यसपटक नेपाली टोली लयमा छ । यद्दपी नेपालसँग पराजित भएपनि भारत शीर्ष स्थानमा रहँदै सेमिफाइनलको‌ यात्रा तय गरेको‌ थियो।

सेमिफाइनल भारत र नेपाल दुवैका‌ लागि लिग चरण भन्दा सहज रह्यो । सेमिफाइनलमा नेपालले‌ इरान र भारतले श्रीलंकालाई समान ३-० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए। लिग चरणमा‌ नेपालले एक मात्र खेल इरानसँग ३-२ ले गुमाएको थियो।

फाइनलमा‌ भारतविरुद्ध खेल्नका लागि टोली उत्साहित रहेको कप्तान अरुणा शाहीले बताएकी छिन्। भारतसँग खेल्न रमाइलो हुन्छ ।‌ भारतसँग खेल्दा टोलीको मनोबल उच्च हुन्छ, उने थपिन्, हामीलाई समर्थकको‌ पनि साथ रहन्छ । त्यसले‌ पनि हामीलाई हौसला‌ मिल्नेछ।,’

दक्षिण एसियाकै बलियो टोली भारतलाई पहिलो पटक हराउने सपना‌ पूरा गरेको नेपाली टोलीलाई फेरि हराएर च्याम्पियन बन्ने यो‌ भन्दा राम्रो अवसरका‌ लागि वर्षौं कुर्नुपर्ने हुनसक्छ।

सागको १४ औं संस्करण आयोजनाको टुंगो‌ नलागेको अवस्थामा भारतसँग फेरि अर्काे भेट कहिले हुने निश्चित छैन। यो‌ मौकालाई खेर जान नदिन आफ्नो टोलीले शतप्रतिशत दिनेमा कप्तान अरुणा विश्वास दिलाएकी‌ छिन् । फाइनल साँझ ५ बजे सुरु हुनेछ।

महिला भलिबलमा भारतसँग अहिलेसम्मको नतिजा
– आठौं दक्षिण एसियाली खेलकुद (साग), नेपाल – (१९९९) मा सोझो सेटमा हार
-१०औं दक्षिण एसियाली खेलकुद (साग), श्रीलंका – (२००६) मा सोझो सेटमा हार
-१२औं दक्षिण एसियाली खेलकुद (साग), भारत – (२०१६) मा सोझो सेटमा हार
-दुई मैत्रीपुर्ण खेल, नेपाल – (२०१७) दुवैमा सोझो सेटमा हार
-१३औं दक्षिण एसियाली खेलकुद (साग) – २०१९ मा समूह चरणमा ३–० को र फाइनलमा ३–२ को सेटमा हार
-एनएसी काभा महिला भलिबल च्यालेन्ज कप, नेपाल – (२०२३) मा ३–१ को सेटमा हार
-१९औं एसियाली खेलकुद, चीन – २०२३ मा ३–१ को सेटमा हार
-काभा महिला भलिबल नेसन्स लिग, नेपाल – २०२४ मा ३–२ को सेटमा जित

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.