8 years ago
February 7, 2017
लण्डन (एजेन्सी)- १७ बर्षदेखि चेल्सीमा व्यवसायिक फुटबल खेलिरहेका कप्तान जोन टेरीले भर्खरै मात्र सन्यास घोषणा गरेका फ्रान्क लाम्पार्डसंग प्रशिक्षण गर्ने सपना रहेको बताएका छन् । त्यो पनि चेल्सीमा जहाँ उनीहरुले सम्भब हुने सबै खाले प्रतियोगिता संगै जिति सकेका छन्।
३६ बर्षे टेरीको सन्यासको कुरा बाहिर नआएपनि उनको सन्यास अब टाढा छैन, उनी यस सिजन स्वान्सीसंगको खेलमा चोट ग्रस्त भएपछि सुरुआती ११मा पर्न सङ्घर्षरत छन्। अब कप गेममा मात्र खेल्ने सम्भावना बोकेका टेरीसंग कप्तानका रुपमा प्रिमियर लिग जित्दै सन्यास लिनु उपयुक्त हुनसक्छ।
गत हप्ता मात्र सन्यास लिएका चेल्सीका महान खेलाडी लाम्पार्डले अब के गर्लान भन्ने कुरा आइरहेको बेला चेल्सीले उनलाई क्लबको कुनै भूमिकामा बोलाउने सम्भावना पनि प्रबल रहेको छ। टेरीले पनि लाम्पार्डसंग प्रशिक्षण गर्ने आफ्नो सपना रहेको बताएका छन्।
१२ वर्षसंगै खेलको लाम्पार्डको बारेमा बोल्दै टेरीले भने,” हामी पहिलेबाट पछि संगै काम गर्ने बारेमा जिस्किन थियौ, यो हाम्रो लागि सपना हो तर यो त्यति सजिलो पनि छैन, हामीले प्रशिक्षण कोर्सहरू गर्न बाँकी नै छ । त्यो भूमिकाको लागि प्रसस्त अनुभवको पनि खाँचो हुने छ र त्यसको लागि चेल्सीको युथ, रिजर्भ टिम नत्र अरु कुनै क्लब महत्वपूर्ण हुनसक्छ।” टेरीले थपे,” सायद अबको १० वा १५ बर्षपछि हामी अर्को भूमिकामा उत्कृष्ट लयमा हुनेछौ र निकै राम्रो गर्ने छौ, त्यो क्षण हाम्रो लागि अविस्मरणिय हुनेछ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]