default_image

7 months ago

July 31, 2024

काभा नेसन्स लिग : सहभागी अधिकांशको दाबेदारी

2803 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काभा महिला भलिबल नेसन्स लिग विहीवारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरू हुँदैछ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राष्ट्रले उपाधिमा दाबेदारी प्रस्तुत गरेका छन् ।

आयोजक तथा दाबेदार नेपालले उपाधि जित्नेमा टिम आत्मविश्वासी रहेको बताएको छ । कप्तान अरूणा शाहीले रसियासँगको खेलबाट कमीकमजोरी सुधारेको र ५० दिनको तयारीले टिम मजबुत रहेका बताइन् । रसियासँग खेलेपछिको पछिल्लो दश दिन ब्लक, डिफेन्स र सर्भिसमा प्रशिक्षण केन्द्रित रहेको उनले जानकारी दिइन् ।

उनले भनिन् , सहभागी अन्य राष्ट्र बलियो भएपनि उत्कृष्ट प्रदर्शनकासाथ खेल आफ्नो पक्षमा पार्ने टिमको योजना छ । ‘ नेपालले भोलि श्रीलंकासँग खेलेर प्रतियोगिताको सुरूवात गर्नेछ। नेपाल र श्रीलंकाबीचको खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

श्रीलंका पनि राम्रो तयारी पश्चात नेपाल आइपुगेको हो । तीन महिनाको तयारी पछि टिम उत्कृष्ट लयमा रहेको र सबै खेल जित्न उत्तिकै मिहिनेत गर्ने कप्तान थीलीनी परेराले बताइन् । पहिलो खेल घरेलु टोली नेपाल विरूद्ध हुने र नेपाललाई घरेलु समर्थकको राम्रो साथ रहनेमा आफुहरू जानकार रहेको र यो पटक उपाधि नै लक्ष्य रहेको उनले दाबी गरिन् ।

प्रमुख दाबेदार तथा दक्षिण एसियाली जाएन्ट भारतकी कप्तान जीनी कोभात शाजीले टिम उत्कृष्ट रहेको र राम्रो तयारी गरेको बताइन् । पछिल्लो काभा च्याम्पियनसिप भारतले जितेको र यो पटक पनि उपाधि नै लक्ष्य रहेको जिकिर गरिन् । पहिलो दिन बिहीवार भारतले इरानसँग प्रतिस्पर्धा गर्नेछ ।

यो पटक इरानको टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको छ । कप्तान सागयग हसनखानीले अन्डर-२० टिम रहेको भन्दै राम्रो नतिजाको लागि खेल्ने बताइन् । इरान र भारतबीचको खेल भोलि साँझ ५:४५ बजे सुरु हुनेछ ।

माल्दिभ्स आफ्नो तीन सिनियर खेलाडी विना नेपाल आएको हो । उनीहरू अहिले भुटानमा बीच भलिबलमा प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरु आइतवार नेपाल आइपुग्नेछन् । सिनियर खेलाडी नहुँदा पनि उत्कृष्ट प्रदर्शन गर्ने फथिमात जुजानले बताइन् ।

सहभागी सबै टिम तयार छन् भने आयोजक नेपाल भलिबल संघले पनि सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ।

सबै खेल दशरथ रंगशालास्थित कभर्ड हलमा हुनेछ । आयोजक नेपालको लागि घरेलु मैदान र समर्थकले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । हाम्रो खेलकुद र कान्तिपुर म्याक्सले लिगको सबै खेल प्रत्यक्ष प्रसारण गर्नेछ ।

February 24, 2025

विराटले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टिमका पुर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफीमा खेलमा सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउँने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय ५० […]

February 24, 2025

लिभरपुलद्वारा सिटी पराजित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

Success

Thank you for your time.