default_image

6 months ago

July 31, 2024

पेरिस ओलम्पिक : प्रिन्स तेस्रो खेलमा पनि पराजित

688 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक्सको तेस्रो खेलमा‌ पनि पराजित भएका छन् । उनी अनुभवी तथा युरोपमा तीन पटक विभिन्न प्रतियोगितामा तीन कास्य विजेता मिसा जिल्बरम्यानसँग सोझो सेटमा पराजित भएका हुन् ।

मिसाले प्रिन्सलाई २२-१२ र २१-१० को सोझो सटेमा पराजित गरे । मिसाको यो चौथो ओलम्पिक हो । यसअघि उनले लन्डन, रियो र टोकियो ओलम्पिक्समा प्रतिस्पर्धा गरेका थिए ।

३५ वर्षका मिसाले १७ पटक वल्ड च्याम्पियनशिप खेलिसकेका छन् । उनले सन २०१९ र २०२३ मा युरोपियन गेम्स र २०२२ को युरोपियन च्याम्पियनशीपमा‌ कास्य जितेका थिए। युवा खेलाडी प्रीन्स नेपालबाट ओलम्पिक्समा सहभागी हुने पहिलो ब्याडमिन्टन खेलाडी हुन् ।

प्रिन्स पहिलो खेलमा डेनमार्कका विश्व नम्बर दुई खेलाडी भिक्टर एक्सेल्सनसँग र दोस्रो खेलमा आयरल्यान्डका न्यात नुयानसँग सोझो सटेमा पराजित भएका थिए । तेस्रो खेल अगाडि नै प्रीन्स समुह चरणबाट बाहिरिसकेका थिए । नेपालबाट सहभागी सात मध्ये छ खेलाडी पहिलो चरणबाट बाहिरिसकेका छन् ।

जसमध्ये पौडीका एलेक्जेन्डर शाहले राष्ट्रिय रेकर्ड कायमा गरेका थिए। अब नेपालको तर्फबाट सन्तोषी श्रेष्ठले म्याराथनमा सहाभागीता जनाउन बाँकी छ ।

February 3, 2025

थाइल्याण्डको लगातार तेस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत थाइल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । आइतवार सिरिजमा लगातार तेस्रो जित निकाल्ने क्रममा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनको जित हात पारेको हो । थाइल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अल आउट भयो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेटी डि लिडेले सर्वाधिक २५ […]

February 3, 2025

अर्जुन ट्रफी – डडेलधुराको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा फ्रेन्ड्स युथ क्लब डडेलधुराले लगातार दोस्रो जित हात पारेको छ । सोमवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा डडेधुराले झापाको बोस्टन एकेडेमीलाई ७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । हुस्सुका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । डडेलधुराले दिएको […]

February 3, 2025

नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्ड नेदरल्याण्ड्सविरुद्ध सस्तैमा समेटिएको छ । जारी खेलमा थाल्याण्डले नेदरल्याण्ड्सलाई ८७ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरको १ बल रहँदै अल आउट हुदै ८६ रनमा समेटियो । थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ […]

Success

Thank you for your time.