7 months ago
July 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काभा वुमन्स भलिबल नेसन्स लिगमा सहभागी हुन श्रीलंका र माल्दिभ्सका राष्ट्रिय महिला भलिबल टोली नेपाल आइपुगेका छन् ।
साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालामा चल्ने प्रतियोगिताका लागि दुई टोली मंगलबार दिउँसो काठमाडौं अवतरण गरेका हुन् । टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसहित कार्यसमिति सदस्यको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको हो ।
५ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स खेल्दैछन् । प्रतियोगिताको सम्पूर्ण खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्नेछ ।
प्रतियोगितामा विशेष सहयोगीको रुपमा राष्ट्रिय खेलकुद परिषद् हस्पिलेटी पार्टनरमा होटेल एभरेष्ट, मेडिकल पार्टनरको रुपमा नेपाल नेसनल हस्पिटल एवं मिडिया पार्टनरको रुपमा हाम्रो खेलकुद रहेको बताइएको छ ।
७ दिन सम्म चल्ने प्रतियोगिताको पहिलो दिन नेपाल र श्रीलंका तथा इरान र भारतबीच खेल हुनेछ । नेपालले साउन १९ गते भारतसँग, साउन २० गते इरान र साउन २१ गते माल्दिभ्सको सामना गर्नेछ ।
राउन्ड रोविन लिगपछि अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच साउन २२ गते सेमिफाइनल हुनेछ । फाइनल र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछ ।
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टिमका पुर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफीमा खेलमा सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउँने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय ५० […]
February 24, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]