8 months ago
July 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने पेरिस ओलम्पिकको मार्च पासमा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता प्रधान श्रेष्ठले संयुक्त रुपमा नेपालको झन्डा बोक्ने भएका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विज्ञप्ति जारी गर्दै स्यान्टु र मनिताले झन्डा बोक्ने जानकारी गराएको छ । शुक्रबार सुुरु हने ओलम्पिकमा स्यान्टु र मनिता सहित ७ खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । स्यान्टु नेपालमै आयोजना भएको दक्षिण एसियाली छनोट चरणमा स्वर्ण जित्दै पेरिस ओलम्पिकका लागि छनोट भएका हुन् ।
यस्तै मनिताले एसियाली कोटाबाट ओलम्पिक खेल्ने मौका पाएकी छनोट भएकी हुन् । अष्ट्रेलियामा रहेर ओलम्पिकको तयारी गरेका स्यान्टु उतैबाट पेरिस गएको एनओसीले जनाएको छ । मनितासहित अन्य नेपाली खेलाडीबाट सोमबार काठमाडौंबाट पेरिस गएका हुन् ।
एथलेटिक्सतर्फ महिला म्याराथनको प्रतिस्पर्धा ओलम्पियनको अन्तिम दिन हुने भएकोले खेलाडी सन्तोषी श्रेष्ठसहितका अफिसियल साउन १५ गते त्यसतर्फ जाने बताइएको छ । ओलम्पिकमा भाग लिने अन्य खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्स शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल छन् ।
विगतमा जस्तै टोलीमा खेलाडी, प्रशिक्षक भन्दा अफिसियल बढी रहेको भन्दै एनओसीको आलोचना हुँदै आएको छ । प्रिन्स विना प्रशिक्षक ओलम्पिक खेल्दै छन् । ७ खेलाडीसहित २७ जना नेपालको ओलम्पिक टोलीमा रहेको बताइएको छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]