7 months ago
July 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी काभा यू२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले पहिलो जित हासिल गरेको छ।
अघिल्ला दुई खेलमा पराजय भोगेको नेपाली टोलीले शनिबार आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो । नेपालले माल्दिभ्सलाई २५-१६, २५-९, २५-१० ले हराएको हो।
लिग चरणमा नेपाल तेस्रो भएको छ । नेपालले अंक तालिकाको दोस्रो स्थानमा रहने टोलीसँग सेमिफाइनल खेल्नेछ।
पहिलो र दोस्रो स्थानलका लागि समान ६ अंक भएका किर्गिजस्तान र श्रीलंकाबीच आजै खेल हुनेछ। शीर्षस्थानमा रहने टोलीले अंक तालिकाको पुछारको माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।
माल्दिभ्सले सबै ३ खेल गुमाएको थियो। नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ र किर्गिस्तानसँग ३-० ले पराजित भएको थियो।
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टिमका पुर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफीमा खेलमा सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउँने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय ५० […]
February 24, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]