7 months ago
July 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले लगातार दोस्रोमा हार बेहोरेको छ ।
मालेमा प्रतियोगिताको दोस्रो दिन शुक्रबार नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको थियो। सुरुवाती दुई सेटमा कडा टक्कर दिएको नेपालले तेस्रो सेटमा केही कमजोर प्रर्दशन गरेको थियो । खेलमा किर्गिजस्तान २७-२५, २५-२३,२५-१७ ले विजयी भएको थियो।
दिनको अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३-० ले हराएको थियो। पहिलो दिन श्रीलंकाले नेपाललाई र किर्गिजस्तानले माल्दिभ्सलाई हराएको थियो।
लिग चरणको अन्तिम दिन शनिबार नेपाल र माल्दिभ्स तथा श्रीलंका र किर्गिजस्तानबीच प्रतिस्पर्धा हुनेछ। नेपाल र माल्दिभ्सले अंकको खाता खोल्न नसक्दा बाँकी दुई टोलीको समान ६ अंक छ।
सेमिफाइनलमा अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच प्रतिस्पर्धा हुनेछ।
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टिमका पुर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफीमा खेलमा सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउँने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय ५० […]
February 24, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]