6 months ago
July 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काभा यू२० महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।
माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको पहिलो दिन नेपालले श्रीलंकासँग ३-१ को पराजय बेहोर्यो । पहिलो सेट श्रीलंकाले २५-२० ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट नेपालले २६-२४ ले जित्दै पुनरागमन गर्यो । तेस्रो सेटमा बिर्सनलायक प्रदर्शन गरेको नेपाल २५-११ ले पछि पर्यो । चौथो सेटमा २५-१८ ले गुमाउँदै नेपाल हार बेहोर्न पुग्यो ।
प्रतियोगिताको पहिलो खेलमा नेपाललाई रिसिभ र डिफेन्सले निकै समस्या दियो । विपक्षीको आक्रमण भन्दापनि नेपालले आफ्नो गल्तीमा अंक गुमाएको थियो । आक्रमणमा भने तेस्रो सेट बाहेक नेपालले औसत प्रदर्शन गरेको थियो ।
प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानले माल्दिभ्सलाई ३-० ले पराजित गरेको थियो । अंक तालिकामा किर्गिस्तान र श्रीलंकाको ३-३ अंक भएको छ । नेपाल र माल्दिभ्सले खाता खोलेका छैनन् ।
नेपालले अब शुक्रबार दोस्रो खेलमा किर्गिस्तानको सामना गर्नेछ । शनिबार अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्नेछ । सेमिफाइनलमा अंक तालिकाको पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो टोली एक आपसमा भिड्नेछन् ।
January 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विकेको जोडीले बिहीवार इभन-पार २८८ स्कोर गर्दै स्वर्ण जितेका हुन। बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नेपालले प्रभावशाली जित निकालेको हो। सदभावले लगातार दोस्रो दिन ३-अन्डर ६९ को स्कोर […]
January 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार तेस्रो जितसँगै एपिएफ फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणको शीर्षस्थानमा उक्लिएको छ। एपिएफले बिहीवार नेपाल पुलिस फुटबल क्लबलाई ६-० ले हरायो। एपिएफको जितमा अनिता बस्नेतले ह्याट्रिक गर्दा सरु लिम्बुले २ तथा रेनुका नगरकोटीले १ गोल गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा एपिएफले पुलिस विरुद्ध पुर्णरूपमा दबाब बनायो। १० औं […]
January 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले जय ट्रफी मेन्स एलिट कपमा फेरि बराबरी खेलेका छन् । बागमतीको ब्याटिङ जारी रहँदा अन्तिम दिन बिहीबारको खेल समाप्ति भएसँगै खेल बराबरीमा सकिएको हो । २ सय ४ रनको लक्ष्य पछ्याएको बागमतीले ८० रनमा ५ विकेट गुमाएको अवस्थामा दिनको समाप्ति भएसँगै दुवै टोलीले बोनस […]