3 months ago
July 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि सुरु हुने काभा महिला नेसन्स लिगका लागि हाम्रो खेलकुद र कान्तिपुर टेलिभिजनले सहकार्य सम्झौता गर्ने भएका छन् ।
सम्झौता अनुसार कान्तिपुर टेलिभिजनले कान्तिपुर म्याक्स टेलिभिजन र आफ्नो एपमार्फत तथा हाम्रो खेलकुदले आफ्नो डिजिटल प्लाटफर्मबाट प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो ।
कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाई र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । कार्यकक्रममा कान्तिपुरका तर्फबाट चिफ मार्केटिङ अफिसर सुजन कार्की र ग्रुप कर्पोरेट म्यानेजर पुष्पराज गिरीको पनि उपस्थिति थियो ।
हाम्रो खेलकुदले यसै साता नेपाल भलिबल संघसँग प्रसारण अधिकारका लागि सम्झौता गरेको थियो । पछिल्लो दुई वर्षयता हाम्रो खेलकुदले संघको प्रतियोगिता प्रसारण गर्दै आएको छ । गत वर्ष सम्पन्न काभा महिला च्यालेन्ज कपमा पनि हाम्रो खेलकुद र कान्तिपुर टेलिभिजनबीच सहकार्य भएको थियो ।
नेपालसहित ५ राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।
अरुणा शाहीको कप्तानीमा रहेको टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी नियमित छन् ।
त्यस्तै लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्टसँगै युवा सेटर प्रगति नाथ पनि टोलीमा रहेकी छिन् । मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलो पटक टोलीमा स्थान बनाउन सफल भएका छन् ।
टोलीको प्रशिक्षण जगदीश भट्टले सम्हालिरहेका छन् । उनलाई सहायक प्रशिक्षकमा भरत यादव र रुपेश विष्टले साथ दिएका छन् । टोलीको व्यवस्थापकमा पूर्व खेलाडी तथा संघकी सदस्य निलम बज्राचार्य रहेकी छिन् ।
संघले आठौं प्रधानमन्त्री कप एनभिए लिगको प्रदर्शनको आधारमा प्रारम्भिक छनोट गरेर विभिन्न चरणपछि अन्तिम टोली छनोट गरेको हो ।
नेपालमै गत वर्ष भएको काभा नेसन्स च्यालेन्ज कपको टोलीबाट रिमा कुँवर र पुजा चौधरी भने यसपटक टोलीमा अटाएनन् । स्टार स्पाइकर प्रतिभा माली अझै चोटबाट ठिक नभएका कारण छनोटमा सहभागी भइनन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ। नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ। एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत ३ ठाँउमा बुधवार बिहान ८:०० बजे टिकट विक्री गरिने जानकारी गराएको थियो। जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]