default_image

7 months ago

July 16, 2024

महिला युवा भलिबल टोलीका खेलाडीले मासिक भत्ता पाउने

1911 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघले महिला यु २० राष्ट्रिय टोलीका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ ।

काभा यु २० महिला च्याम्पियनसिपमा भाग लिन जाने टोलीको विदाईका क्रममा संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले युवा टोलीका खेलाडीलाई एक वर्षका लागि जनही मासिक १ हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

अमेरिकामा बस्न भलिबलका पूर्व खेलाडी र भलिबलप्रेमीहरुको सहयोगमा हामीले सिनियर महिला र पुरुष टोलीका खेलाडीलाई मासिक ५ हजार रुपैयाँ दिन सुरु गरेका थियौं, चन्दले भने,‘ युवा टोलीको मनोबल उच्च बनाइ राख्नका लागि हामीले अहिले एक वर्ष सम्म मासिक १ हजार रुपैयाँले दिने निर्णय गरेका हौं ।’ युवा टोलीमा १२ खेलाडी छन् ।

माल्दिभ्समा‌ यसै साता सुरु हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिने युवा टोली मंगलबार त्यसतर्फ गएको छ । च्याम्पियनसिप साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा नेपाल, आयोजक माल्दिभ्स,किर्गिस्तान र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहेको छ ।

नेपालले साउन ३ गते श्रीलंकासँग खेल्दै काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सुरुवात गर्नेछ । साउन ४ गते किर्गिस्तान र साउन ५ गतेमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली र लिगको दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछ । दुई खेलको विजेताले फाइनल खेल्नेछन् ।

यसै महिना काठमाडौंमा सम्पन्न प्रथम सहाना प्रधान स्मृति यु–१९ महिला भलिबल च्याम्पियनसिपको प्रर्दशनका आधारमा युवा टोली संघले छनोट गरेको हो । जसमा सबैभन्दा धेरै बागमती प्रदेशबाट प्रतिनिधित्व गरेका न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबका ६ जना टोलीमा परेका छन् । एभरेस्ट भलिबल क्लबबाट खेल्ने लुम्बिनी प्रदेशका ४, गण्डकीबाट खेलेका नेपाल पुलिस क्लब र सुदुरपश्चिमबाट खेलेका त्रिभुवन आर्मी क्लबबाट समान एक खेलाडी टोलीमा परेका छन् ।

यु–२० महिला टोली

जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री

मुख्य प्रशिक्षक – कुमार राई

सहायक प्रशिक्षक – अर्जुन घिमिरे

टोली व्यवस्थापक – जुनु पुन

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

February 24, 2025

बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा न्युजिल्याण्ड

एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]

February 24, 2025

विराटले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]

Success

Thank you for your time.