default_image

7 months ago

July 15, 2024

काभा नेसनल भलिबल लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

728 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भाग लिने काभा महिला भलिबल नेसनल लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

साउन १७ देखि २३ गतेसम्म नेपालमा हुने नेसनल लिगको प्रत्यक्ष प्रसारणका लागि सोमबार नेपाल भलिबल संघ र हाम्रो खेलकुदबीच सम्झौता भएको छ। संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द र हाम्रो खेलकुदका सम्पादक‌ प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

यसका साथै नेपाली टोली र रसियन खेलाडी सम्मिलित टोलीबीच हुने दुई मैत्रीपूर्ण खेलका‌ लागि पनि संघ र हाम्रो खेलकुदबीच सम्झौता भएको छ।

नेपाल र रसियन टोलीबीचको साउन ६ र ७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने संघले यसअघि नै जनाइ सकेको छ ।

नेपालस्थित रसियन दूतावासको सहयोगमा रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेल हुन लागेको हो ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १० महिनापछि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न लागेको हो ।

चीनमा गत असोजमा भएको एसियन गेम्समा सहभागिता जनाएपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिएन ।

प्रशिक्षणमा रहेका खेलाडी
अरुणा शाही (कप्तान) सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, कामना विष्ट, मनिषा चौधरी, साफिया पुन, पुनम चन्द, संगम महतो, कविता भट्ट, प्रगति नाथ, लक्ष्मी चन्द, रिमा कुँवर, आरती सुवेदी, सलिना श्रेष्ठ, शान्तिकला तामाङ र सुमित्रा रेग्मी
मुख्य प्रशिक्षक – जगदिश प्रसाद भट्ट
सहायक प्रशिक्षक – भरत यादव र रुपेश विष्ट
टिम व्यवस्थापक – निलम बज्राचार्य

February 4, 2025

आहा! रारा पोखरा गोल्डकप – पुलिस र आयोजक खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा‌ थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]

February 4, 2025

नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले थाइल्याण्डविरुद्ध टस हारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा थाइल्याण्डकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिईन् । नेपाली टोलीमा २ परिवर्तन भएको छ । गत आइतवार नेदरल्याण्ड्सविरुद्ध खेलेको नेपाली टोलीमा रहेकी रेवती धामी र सिता राना मगर बेन्चमा रहेका छन् । थाईल्याण्डविरुद्धको खेलका लागि रोमा […]

February 4, 2025

त्रिकोणात्मक सिरिज – नेपाल र थाइल्याण्ड खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा चौथो खेल खेल्दैछन् । नेपाल अहिले सम्म खेलेको सबै ३ खेलमा पराजित भएको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग […]

Success

Thank you for your time.