8 years ago
February 5, 2017
म्यानचेस्टर (एजेन्सी)– गाब्रियल जेसुसले इन्जुरी समयमा गोल गरेपछि प्रिमियर लिगमा म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई २–१ ले हराएको छ । इत्तिहाद रंगशालामा आइतबारको बराबरी उन्मुख खेलबाट जित निकालेसँगै सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।
शीर्षस्थानको चेल्सी भन्दा सिटी अझै १० अंकले पछाडी छ । पेप ग्वार्डिओलाको सिटीको ४९ र दोस्रो स्थानको टोटेनह्यामको ५० अंक छ । चौथो स्थानको आर्सनलको ४७ र पाँचौं स्थानको लिभरपुलको ४६ अंक छ । इन्जुरी समयको दोस्रो मिनेटमा डेभिड सिल्भाको क्रस ब्राजिलियन जेसुसले हेड गरे, तर उनको प्रहारलाई गोलकिपर लुकास फाबिन्स्कीले रोके । तर त्यसलाई उनले पूर्ण रुपमा नियन्त्रणमा लिन नसकेपछि छुटेको बलमा जेसुसले नजिकबाट ट्याप गर्दै टोलीर्लाइ जित दिलाएका थिए ।
११ औं मिनेटमा पनि जेसुसकै गोलमा सिटीले अग्रता लिएको थियो । तर खेल सकिन ९ मिनेटअघि ग्लेफी सिगुर्डसनले बराबरी गोल फर्काएका थिए । जेसुसको गोलपछि इन्जुरी समयको अन्त्य तिर सर्जियो अगुइरोले पनि गोलको मौका पाएका थिए, तर उनी सफल हुन सकेनन् । आइतबार नै साविक विजेता लेस्टर र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुदैछ ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ । के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]