8 years ago
February 5, 2017
लन्डन (एजेन्सी)– हेरी केनको पेनाल्टी गोलमा मिडल्सब्रोलाई १–० ले हराएपछि टोटेनह्यामले तेस्रो स्थानको आर्सनललाई ३ अंकले पछाडी पारेको छ । आर्सनल शनिबारको खेलमा शीर्षस्थानको चेल्सीसँग ३–१ ले पराजित भएको थियो । शीर्ष चार टोलीमध्ये चेल्सी र टोटेनह्याम विजयी भएका थिए भने आर्सनल र लिभरपुलले हारको सामना गर्नु परेको थियो ।
५८ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गरेपछि त्यो गोल जितका लागि पर्याप्त रह्यो । सोन हुङ मिनलाई बेर्नाडोले फाउल हानेपछि टोटेनह्यामले पेनाल्टी पाएको थियो । मिडल्सब्रोले खेलको अन्त्यतिर बराबरीको मौका पाएपनि सफल हुन सकेन । मार्टेन डी रुनको प्रयास पोस्ट नजिकबाट बाहिरिीएको थियो । मिडल्स ब्रोसँगको पछिल्लो तीन भेटमा पहिलो जित दर्ता गराएको टोटेनह्याम शीर्षस्थानको चेल्सी भन्दा ९ अंकले पछाडी छ ।
२४ खेलपछि चेल्सीको ५९ र टोटेनह्यामको ५० अंक छ । चौथो स्थानको लिभरपुल हल सिटीसँग २–० ले स्तब्ध भएको थियो । अलफ्रेड एडिएले पहिलो र बाय उमर नेसीले दोस्रो हाफमा गोल गरेपछि हलको जित पक्का भएको थियो । त्यस्तै गोलको बर्षा भएको खेलमा एभर्टनले ब्रोनमाउथलाई ६–३ ले हरायो ।
अन्य खेलमा सन्डरल्यान्डले क्रिस्टल प्यालेसलाई ४–० ले, वेस्टह्याम युनाइटेडले साउथ ह्याम्टनलाई ३–१ ले, वाटफोर्डले बर्नलीलाई २–१ ले वेस्टब्रुम विचले स्टोक सिटीलाई १–० ले हराएको थियो ।
तेस्रो स्थानको आर्सनलको ४७ र चौथो स्थानको लिभरपुलको ४६ अंक छ । हल सिटी र सन्डरल्यान्ड जितका वावजुद क्रिस्टलप्यालेससँग रेलिगेसन क्षेत्रमा छन् ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ । के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]