8 months ago
June 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले आठौं पिएम कप लिगको महिलातर्फको तेस्रो स्थान हासिल गरेको छ । दशरथ रंगशालाको कभर्ड हलमा शनिबार बिहान भएको तेस्रो स्थानको खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै एपिएफ तेस्रो भएको हो ।
एपिएफले आर्मी माथि २५-१९, २५-२० र २५-१९ को स्कोरलाइन सहित सोझो सेटमा परास्त गरेको हो ।
लिग चरणमा तालिकाको तेस्रो स्थान हासिल गर्दै एपिएफ र चौथो स्थान हासिल गर्दै आर्मी तेस्रो स्थानको खेलका लागि छनोट भएका थिए ।
यस्तै आज नै महिला तर्फको उपाधिका लागि एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लब दिनको १ बजे भिड्दै छन् ।
पुरुष तर्फको तेस्रो स्थानको खेल र उपाधि भिडन्त पनि आज नै हुँदैछ । बिहानको १० बजे १४ अंकको पुलिस र १२ अंक जोडेको आर्मी भिड्ने छन् ।
यस्तै दिनको ३ बजे उपाधिका लागि टिपतप हेल्प नेपाल र गण्डकी प्रदेश आमनेसामने हुनेछन् । गण्डकीको २० र हेल्प नेपालको १९ अंक रह्यो । लिग चरणमा गण्डकीले हेल्प नेपाललाई ३–२ ले हराएको थियो ।
February 6, 2025
एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]