8 months ago
May 30, 2024
डालस (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले आइसिसी टि ट्वान्टी विश्वकपको वार्म अप अन्तर्गत दोस्रो तथा अन्तिम खेल आज अमेरिकासँग खेल्दै छ ।
डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार साँझ ९:१५ ( स्थानिय समय अनुसार बिहान १०:३० बजे) सुरु हुनेछ।
नेपाल सोमबार पहिलो वार्म अप म्याच क्यानाडासँग ६३ रनले पराजित भएको थियो। सोही मैदानमा मंगलबारका लागि तय अमेरिका र बंगलादेशबीचको वार्म अप खेल भने बर्षाका कारण रद्द भएको थियो। डालास आउनुअघि ह्युस्टनमा भएको ३ खेलको श्रृंखलामा अमेरिकाले बंगलादेशलाई २-१ ले हराएको थियो।
जुन १ बाट सुरु हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ । यसपटकको विश्व कप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले […]
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]