10 months ago
April 27, 2024
पोखरा (हाम्रो खेलकुद) – इजिप्टका सिफेल्दिन इस्माइलले पुरुषतर्फ र इजरायलकी इड्डा जानेसडोटिरले महिलातर्फ सातौं एसिया कप ट्रायथलन २०२४ को उपाधि जितेका छन् ।
पोखरामा शनिबार भएको प्रतियोगितामा सिफेल्दिनले ७ सय ५० मिटर पौडी, २० किमि साइक्लिङ र ५ किलोमिटर दौड ५६ मिनेट ४५ सेकेण्डमा तय गर्दै उपाधि जितेका हुन् । अस्ट्रेलियाका व्रुकलिन हेनरी दोस्रो भए । उनले ५७ मिनेट १० सेकेण्डको समयमा खेल पूरा गरे । ५७ मिनेट २० सेकेण्डको टइमिङमा जापानका मिट्सुहो मोचीजुकी तेस्रो भए ।
इजरायलकी इड्डाले १ घन्टा ६ सेकेण्डमा दुरी तय गर्दै पहिलो भइन् । गाम्बियाकी इजिमा मानामी इजिमाले १ घन्टा ४२ मिनेटको टाइमिङमा दोस्रो स्थान प्राप्त गरिन् । १ घन्टा ४ मिनेट १८ सेकेण्डको समय लिएकी उज्वेकिस्तानकी एलिना खाकीमोभा तेस्रो भइन् ।
एसियाकप ट्रायथलनमा पुरुषतर्फ ३८ र महिलातर्फ २४ खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालसहित २० देशका अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, गाम्बिया, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्बर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, बंगालादेश, उज्वेकिस्तानलगायतका देशका खेलाडीले भाग लिएको नेपाल ट्रायथलन संघले जनाएको छ । नेपालको प्रदर्शन भने कमजोर रहयो।
दक्षिण एसियामा आदर्श र मान्सी च्याम्पियन
यसैगरी आजै पखराम भएको दशौं सस्करणको दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा पुरुषतर्फ भारतका आदर्श मुरलीधरनले स्वर्ण पदक जितेका छन् । उनले १ घन्टा २ मिनेट ३ सेकेण्डको टइमिङमा पहिलो स्थान प्राप्त गरेका हुन् ।
भारतकै कौशिक विनय मालन्दकर दोस्रो भए । उनले १ घन्टा ३ मिनेट ६ सेकेण्डको समयमा दुरी तय गरे। त्यस्तै नेपालका विपन खत्कत्वा तेस्रो भए। उनले निर्धारित दुरी १ घन्टा ५ मिनेट २५ सेकेण्डमा पूरा गरे।
महिलातर्फ भारतकी मान्सी मोहिती पहिलो भइन् । उनले १ घन्टा ७ मिनेट ५१ सेकेण्डमा पौडी, साइक्लिङ र दौड पुरा गरिन् । नेपालकी श्रेवी महर्जनले १ घन्टा ११ मिनेट ४५ सेकेण्डको टाइमिङमा दोस्रो र शोभा बलामीले तेस्रो स्थानमा प्रतियोगिता सकाइन् । शोभाले उनले १ घन्टा २१ मिनेट १३ सेकेण्डको समयमा दुरी पुरा गरिन।
श्रेवी जुनियर दक्षिण एसियाली च्याम्पियन
महिला जुनियरतर्फ नेपालकी श्रेवी महर्जनले स्वर्ण पदक जितिन् । भारतका खेलाडीद्वय दुर्विशा पवार दोस्रो र प्रेरणा श्रवण कुमार तेस्रो भए । पुरूषतर्फ भारतका साइ केडी पहिलो र भारतकै कृषिभ पटेल दोस्रो भए । नेपालका यजु महर्जन तेस्रो स्थान प्राप्त गरे ।
विपन राष्ट्रिय विजेता
प्रतियोगिता अन्तर्गत राष्ट्रिय ट्रायथलनमा विपन खत्कत्वा पहिलो भए । उनले १ घन्टा ५ मिनेट २५ सेकेण्डको समयमा दुरी तय गरे । प्रविन थारु दोस्रो र मुकेश थारु तेस्रो भए । यसैगरी महिलातर्फ १ घन्टा २१ मिनेट ५७ सेकेण्डको समयमा दुरी पार गरेकी श्रेवी महर्जन पहिलो तथा शोभा बलामी दोस्रो र ज्ञानु कुमारी चौधरी तेस्रो भइन् ।
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]