default_image

10 months ago

April 27, 2024

आर्मीलाई हराउँदै न्यु डायमण्ड तेस्रो 

951 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै चन्द्रागिरी न्यु डायमण्डले सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा आर्मीलाई हराउँदै न्यु डायमण्डले तेस्रो स्थान हासिल गर्यो ।

न्यु डायमण्डले ३-१ को सेटमा जित हासिल गरेको हो । पहिलो सेट २४-२६ ले गुमाएपनी न्यु डायमण्डले बाँकी तीन सेट सहजै जित्न सफल भयो ।

दोस्रो सेटमा २५-२० को जित निकालेर खेल १-१ को बराबरीमा ल्याएको न्यु डायमण्डले तेस्रो सेट २५-१५ ले सहजै आफ्नो पोल्टामा पार्यो । चौथो सेट २५-२०ले नै जित्दै न्यु डायमण्डले तेस्रो स्थान हासिल गर्यो ।

न्यु डायमण्डले १ लाख २५ हजार हात पार्ने भएको छ भने आर्मीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको उपाधिका लागि आज नै दुई विभागिय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब एकअर्काको सामना गर्दैछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा जारी प्रतियोगितामा शनिबार दिउँसो २ः०० बजे एपिएफले पुलिसको सामना गर्नेछ । 

लिग चरणको तेस्रो तथा अन्तिम खेलमा न्यु डायमण्डलाई ३–२ को सेटले हराउँदै एपिएफ फाइनल पुगेको थियो । गत वर्ष न्यु डायमण्ड र एपिएफबीच फाइनल भएको थियो ।

प्रतियोगिताको पहिलो दिन लिग चरणको खेलमा एपिएफले पुलिसलाई ३–१ ले हराएको थियो । सोही दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै न्यु डायमण्डले जितबाट यात्रा सुरु गरेको थियो ।

एपिएफसँग पहिलो खेल गुमाएपनि त्यसपछि न्यु डायमण्ड र आर्मीलाई हराउँदै पुलिस अन्तिम दुईमा पुगेको थियो ।

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार र दोश्रो टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

February 24, 2025

बुटवलमा मेयर ओपन स्नुकर सुरु

सुमन अधिकारी, बुटवल नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीको आयोजनामा प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता सोमवार सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्नुक सट हानेर प्रतियोगिताको उद्घाटन गरे। नेपालकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले ३ लाख ३ हजार, दोस्रोले १, लाख १ हजार र हाइएस्ट ब्रेक […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.