10 months ago
April 25, 2024
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल पुलिस क्लबले काठमाडौमा जारी केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा बिहीबारको दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टोलीलाई ३-१ को सेटमा हराउँदै फाइनल पुग्ने सम्भावना जिवित राखेको छ।
पुलिस क्लबले न्यु डायमण्डलाई १८–२५,२५–२२, २५–२२ र २५–१८ ले जित निकालेको हो। पहिलो सेट १८–२५ ले गुमाएको पुलिस क्लबले त्यसपछिको तीन सेटमा लगातार जित निकाल्दै फाइनल खेल्ने सम्भावना जिवित राखेको छ। पुलिसकी कोपिला राना प्लेयर अफ दि म्याच घोषित भइन् र उनले १५ हजार रुपैयाँ प्राप्त गरिन्।
यो खेलसँगै प्रतियोगितामा सहभागी चारै टोलीले फाइनल खेल्ने समिकरण रोमाञ्चक बनेको छ। शुक्रबार हुने राउण्ड रोविनको अन्तिम खेलपछि फाइनल खेल्ने टोलीको टुङ्गो लाग्नेछ।
आजै भएको पहिलो खेलमा एपीएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
पहिलो र दोस्रो सेट समान २५–२३ ले आफ्नो पक्षमा पारेको एपीएफले त्यसपछिका दुई सेट लगातार गुमायो।
तेस्रो सेट १३–२५ ले गुमाएको एपीएफले चौथो सेट १४–२५ ले गुमाउन पुग्यो। पाचौँ तथा अन्तिम सेट भने एपीएफले एपीएफले १५–९ ले जित्दै फाइनलमा पुगेको हो। एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ दि म्याच घोषित भइन् र १५ हजार रुपैयाँ पाइन् ।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
February 24, 2025
सुमन अधिकारी, बुटवल नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीको आयोजनामा प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता सोमवार सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्नुक सट हानेर प्रतियोगिताको उद्घाटन गरे। नेपालकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले ३ लाख ३ हजार, दोस्रोले १, लाख १ हजार र हाइएस्ट ब्रेक […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]