default_image

10 months ago

April 25, 2024

खेलकुद मन्त्री श्रेष्ठ र विश्व ट्रायथलनकी अध्यक्ष कसाडोबीच भेटवार्ता

322 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलकी सदस्य तथा विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच बिहीबार भेटवार्ता भएको छ।

खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाली ट्रायथलनको विकासका लागि छलफल भएको‌ बताइएको छ। कसोडोकोका साथमा नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ पनि थिए ।

यस्तै नेपालमा ट्रायथलनको विकासको लागि हुन सक्ने सहयोग, संभावना, अन्तर्राष्ट्रिय लगानी, खेल पर्यटनको सम्भावनाको विषयमा पनि छलफल भएको छ।
१६ वर्षदेखि विश्व ट्रायथलनकी अध्यक्ष कसाडोको यो तेस्रो नेपाल भ्रमण हो। पछिल्लो पटक १० वर्ष अघी उनी नेपाल आएकी थिइन्।

उनी शनिबार पोखरामा हुने एसियन कप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसपमा‌ सहभागि हुने बताइएको छ।

च्याम्पियनसिपमा १५ देशका ६५ भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । विश्व ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि शुक्रबार नेपाल आइपुग्ने बताइएको छ ।

February 8, 2025

अन्तरपालिका महिला फुटबल – बिर्तामोडको सानदार सुरुवात

हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]

February 8, 2025

पुष्पसदन टेबलटेनिस – प्राइम ग्लोबललाई ५ स्वर्ण

ललितपुर ( हाम्रो खेलकुद)- पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगीतामा प्राइम ग्लोबल स्कुलले ८ मध्ये ५ इभेन्टमा स्वर्ण पदक जितेको छ। अधिकांश इभेन्ट्समा बाजी मारेको छ । कीर्तिपुरस्थित पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा ३ दिन चलेको प्रतियोगितामा प्राईम ग्लोबलले छात्र र छात्रा टिम इभेन्टस, सिनियर छात्र एकल र यु–१३ को इभेन्ट , यु–११ छात्रातर्फको उपाधि जितेको हो […]

February 8, 2025

ट्राइयाथलनको सातौं साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]

Success

Thank you for your time.