10 months ago
April 25, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग बुधबार पूनरागमन जित निकालेको छ । दुई पटक खेलमा पछि परेको युनाइटेडले सेफिल्ड युनाइटेडलाई ४–२ ले हराएको छ ।
घरेलु मैदान ओल्ड ट्राफोडमा युनाइटेड ३५ औं मिनेटमा पछि परेको थियो । सेफिल्डका लागि जयडेन बोग्लेले गोल गरे । युनाइटेडका ह्यारी मगुएरले ४२ औं मिनेटमा गोल फर्काएपछि पहिलो हाफमा खेल १–१ को बराबरी भयो ।
दोस्रो हाफ सुरु भएको पाँचौं मिनेटमा सेफिल्डले दोस्रो पटक खेलमा अग्रता लियो । बेन ब्रेरेटोन डेइजले गोल गरे । तर त्यो अग्रता पनि लामो समय रहेन । ६१ औं मिनेटमा युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमा बराबरी गोल गरे ।
खेलको अन्त्यतिर ४ मिनेटमा युनाइटेडले २ गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो । फर्नान्डेजले ८१ औं मिनेटमा गोल गर्दै युनाइटेडलार्ई अग्रता दिलाए भने रासमुस होजलाउन्डले ८५ औं मिनेटमा गोल थप्दै जितलाई सहज बनाए ।
३३ खेलपछि युनाइटेड ५३ अंकसहित छैटौं स्थानमा छ । एक खेल कम खेलेको पाँचौं स्थानको टोटनहमको भन्दा युनाइटेडको ७ अंक कम छ ।
लिभरपुल स्तब्ध
उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ । एभर्टनले लिभरपुललाई २– ० ले हराएको हो । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छद। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ ।
एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक हराउन सफल भएको हो ।
गुडसन पार्कमा भएको खेलमा जरार्ड ब्रान्टह्वाइटले २७ औं मिनेटमा पहिलो गोल गरे । डोमिनिक क्लेभर्ट–लेविनले ५८ औं मिनेटमा गोल गरेका हुन् ।
अन्य खेलमा बर्नमाउथले उल्भ्सलाई १–० र क्रिस्टल प्यालेसले न्युकासल युनाइटेडलाई ४–२ ले हराएको छ । ३४ खेलपछि दोस्रो स्थानको लिभरपुलको ७४ अंक छ । समान खेलमा ७७ अंक आर्सनल शीर्षस्थानमा छ। दुई खेल कम खेलेको म्यानचेस्टर सिटीको ७३ अंक छ ।
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]
February 8, 2025
ललितपुर ( हाम्रो खेलकुद)- पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगीतामा प्राइम ग्लोबल स्कुलले ८ मध्ये ५ इभेन्टमा स्वर्ण पदक जितेको छ। अधिकांश इभेन्ट्समा बाजी मारेको छ । कीर्तिपुरस्थित पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा ३ दिन चलेको प्रतियोगितामा प्राईम ग्लोबलले छात्र र छात्रा टिम इभेन्टस, सिनियर छात्र एकल र यु–१३ को इभेन्ट , यु–११ छात्रातर्फको उपाधि जितेको हो […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]