default_image

8 years ago

February 2, 2017

लुम्बिनी जनरल इन्सुरेन्स गल्फ माघ २१ र २२मा

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी इन्सुरेन्सको मुख्य प्रायोजनमा लुम्बिनी इन्सुरेन्स आमन्त्रित गल्फ प्रतियोगिता माघ २१ र २२मा  हुने भएको छ । प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका खेलाडीको सहभागिता रहने राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएका छन् ।

lumbini-insurance-invitational

रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिता स्टेबल फोर्ड फम्र्याटको ३ र ४ ह्यान्डिक्यापको आधारमा हुने छ । प्रतियोगितामा विभिन्न बैंक, कर्पोरेट हाउसका कार्यरत गल्फरले प्रतिस्पर्धा गर्ने बताइएको छ ।छ । प्रतियोगिताको बिजेताले ट्रफि तथा गिफ्ट ह्याम्पर पाउने छन् ।

कम्पनीको १३औ वार्षिकोत्सव पारेर लुम्बिनी इन्सुरेन्सले मुख्य प्रायोजक भएर खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको यो पहिलो पटक हो । यसपटकको प्रतियोगिता सफल भएमा अर्को बर्षपनि आयोजना गरिने कम्पनीका अध्यक्ष्य मनोहर दार मूलले बताउनु भयो।  मुलका अनुसार प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका १०० खेलाडीहरुले निमन्त्रणा मार्फत सहभागिता जनाउने छन।

January 5, 2025

जय ट्रफी एलिट कप – पहिलो दिन पुलिस शीर्षमा

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी दुईदिवसीय मेन्स एलिट कपको पहिलो दिनका खेलहरु सकिएका छन् । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा सुरु प्रतियोगिता मधेश प्रदेशमा जनकपुर र विरगंज शहरमा हुदैछ । पहिलो दिनको खेल सकिदा कुनै पनि खेलको अन्तिम नतिजा आएको छैन । आइतवारबाट सुरु भएका दुवै खेलहरुको अन्तिम नतिजा सोमवार मात्र आउने छ । तर, […]

January 5, 2025

एन्फा महिला लिगमा पुलिस र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]

January 5, 2025

नवनियुक्त सदस्यलाई राखेपको स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त ८ सदस्यलाई आइतवार स्वागत गरेको छ । मन्त्री परिषद्को पुस ९ गतेको निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबिच स्वागत गरिएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले […]

Success

Thank you for your time.