8 years ago
February 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक एपिएफ र न्यु डाइमन्ड सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
बुधावार भएको पहिलो सेमिफाईनलमा चर्चित स्पाईकर प्रतिभा माली को उत्कृष्ट प्रदर्शनमा न्यु डायमण्डले पुलिसलाई २५–१९,१९–२५,२५–१६ र २५–१३ ले हरायो । वुमन अफ द म्याच बनेकी प्रतिभा मालीलाई नेपाल भलिबल संघका उपाध्यक्ष यमवहादुर गुरुङले ट्रफि प्रदान गरे ।
प्रतिभा मालीलाई नेपाल भलिबल संघका उपाध्यक्ष यमवहादुर गुरुङद्धारा ट्रफि प्रदान गदै ।
हलचोक स्थित एपीएफको भलिबलकोर्टमा भएको दोश्रो सेमिफाईनलमा खेलमा आयोजक एपीएफले पश्चिमाञ्चल २५–१४,२५–१० र २५–१२ ले हरायो । एपीएफकी नेबिका चौधरी वुमन अफ द म्याच भएको खेलमा को सेटमा पराजित भयो । नेबिकालाई नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दले वुमन अफ द म्याचको ट्रफिले पुरस्कृत गरेका थिए ।
अरुणा शाहीलाई भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडि जयनारायण चौधरीले ट्रफिद्धारा पुरस्कृत गरेका थिए ।
यस अघि आर्मीले उत्कृष्ट प्रदर्शन गदै सशस्त्रप्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको अन्तिम लिग खेलमा पश्चिमाञ्चललाई कडा चुनौती दियो ।
प्रशिक्षक जगदिस भट्टको प्रशिक्षणमा रहेका किशोरी खेलाडिले भरिएको आर्मीको टिमले पश्चिमाञ्चलका अनुभवी खेलाडि मञ्जु गुरुङ र अरुणा शाही सम्मलित टोलीलाई कडा चुनौति पेश गरेको थियो । पश्चिामाञ्चलले २५–१९,२१–२५, १६–२५, २५–११ र १५–१२ विजयी हुँदै सेमिफाइनल पुगेको थियो ।
पश्चिमाञ्चलको जितमा उत्कृष्ट प्रदर्शन गरेकी अरुणा शाही वुमन अफ द म्याच भईनु । उनलाई भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडि जयनारायण चौधरीले ट्रफिद्धारा पुरस्कृत गरेका थिए । फाईनल खेल बिहिवार हुनेछ ।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]