default_image

5 months ago

April 14, 2024

रियल र बार्सिलोनाको जित

1446 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड र बार्सिलोनाले सफलता हात पारेका छन् । रियलले घरेलु टोली मलोर्कालाई १–० ले पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाएको छ ।

रियलको जितमा दोस्रो हाफमा ओरेलिएन चुआमेनीले गरेको गोल नै निर्णायक बन्यो । मलोर्कामा शनिबार राति भएको खेलमा रियलले घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

चुआमेनीले ४८औं मिनेटमा झन्डै ३० यार्डबाट गरेको प्रहार विपक्षी खेलाडीलाई लाग्दै जाली चुम्न पुग्दा मलोर्काका गोलरक्षकले रोक्ने कुनै मौका नै पाएन ।

यस जितसँगै शीर्षस्थानमा रहेको रियलको ३१ खेलबाट ७८ अंक पुगेको छ । रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनालाई ८ अंकले पछि पारेको छ । पराजित मलोर्का ३१ अंकसहित १५औं स्थानमा छ ।

ला लिगाकै अर्काे खेलमा बार्सिलोनाले क्याडिजलाई १–० ले पराजित गरेको छ । बार्सिलोनाको जितमा ३७औं मिनेटमा जोआओ फेलिक्सले गरेको गोल नै निर्णायक बन्यो ।

यस जितले बार्सिलोनाले शीर्षस्थानको रियलसँगको अंक दुरी ८ मै राखेको छ । बार्सिलोनाको ३१ खेलबाट ७० अंक छ । पराजित क्याडिज ३१ खेलबाट २५ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

झमेल रक्सको दशै फुटसल‌ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- झमेल रक्सको आयोजनामा अर्को महिना चौथो दशै फुटसल‌ प्रतियोगिता हुने भएको छ। सानेपाको फिल्ड फुटसलमा‌ असोज १९ गते हुने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भाग लिन चाहाने टोलीले ७ […]

Success

Thank you for your time.