12 months ago
April 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघको आयोजना र राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप हुने भएको छ ।
विश्व प्रसिद्ध फाल्डो सिरिजको नेपाल छनोटको रुपमा रहेको प्रतियोगिता चार वर्षपछि सुचारु हुन लागेको हो । सन् २०१२ देखि नियमित आयोजना भएको प्रतियोगिता पछिल्लो समय कोभिडका कारण प्रभावित भएको थियो ।
५४ होलमा हुने प्रतियोगिता तीन दिनसम्म चल्नेछ । चैत्र २८ देखि ३० गतेसम्म हुने प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ १२-१६ र १७-२१ उमेर समूह तथा महिलातर्फ खुला समूहमा प्रतिस्पर्धा हुनेछ । सबै विधाका विजेताले फाल्डो सिरिजमा नेपालको प्रतिनिधित्व गर्नेछन् । यसबाहेक १२ वर्ष मुनिको उमेर समूहमा पनि प्रतिस्पर्धा हुनेछ तर यसबाट कुनै छनोट हुने छैन ।
मुख्य प्रतियोगिता भिएतनामको लागुना लांग कोर्षमा हुनेछ ।
March 23, 2025
सुमन अधिकारी, बुटवल ओलम्पियन एवम् शीर्ष वरियताका प्रिन्स दाहाललेतेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगलको उपाधि जितेका छन् । बुटवलमा शनिवार भएको फाइनलमा एपिएफकस प्रिन्सले चौथो वरियताका क्षितिज खनाललाई पराजित गरे। सेमिफाइनलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका हिमाल रानालाई र क्षितिजले दोस्रो वरियताका एपिएफका देवराज रानालाई हराउँदै फाइनलमा पुगेका थिए । हिमाल चन्द र देवराज संयुक्त रुपमा […]
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]