default_image

11 months ago

March 19, 2024

पुलिससँग हारे पनि एभरेष्ट सेमिफाइनलमा

2685 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपमा महिलातर्फ दोस्रो खेल जितेको छ।

पुलिसले मंगलबार एभरेष्ट भलिबल क्लबलाई‌ ३-२ ले हराउँदै दोस्रो जित निकालेको हो । हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ। पुलिसले एभरेष्टलाई २५-२७, २५-१८, २७-२५,२७-२५, १५-९ ले हराएको हो ।

सोही समूहमा त्रिभुवन आर्मीले पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको चौथो दिन मंगलबारको‌ पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३-० ले हराएको थियो। आर्मी २५-१६,२५-२३, २५-७ ले विजयी‌ भएको थियो ।

पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग पराजित आर्मीले सेमिफाइनल पुग्नका लागि नेपाल पुलिस क्लबलाई जित्नै पर्ने हुन्छ। पुलिसले भने आर्मीविरुद्धको १ अंक जोडे सेमिफाइनल पुग्ने छ। पुलिसको‌ ५ र आर्मीको ३ अंक छ।

अर्को समूहमा एपिएफ र चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले समान १ खेल जितेका छन् । मधेशले एक खेल गुमाएको छ। महिलातर्फ समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। पुरुषतर्फ आज पनि ४ खेल हुनेछन् ।

पुरुषतर्फ अहिलेसम्म एपिएफ, सुदुरपश्चिम प्रदेश, पुलिस र  बुढानिलकण्ठ क्वाटरफाइनलमा पुगिसकेका छन्।
पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् ।

समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् । समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् ।

समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

February 23, 2025

नेपाल बलियो म्यानमारको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]

February 23, 2025

मिडफिल्डर प्रीति नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नगदसहित सम्मानित भएकी छन् । प्रीतिलाई अष्ट्रेलियाको सिड्नीमा रहेको दि गोर्खा स्पोर्ट्स क्लबसँगै ल्याङ टोली काठमाडौं र उनको पूर्व स्कुल शारदा एकेडेमीले १ लाख रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो । यस्तै ऐसेलुखर्क गाँउपालिका खेलकुद विकास समितीका अध्यक्ष रजिन राईले ताम्रपत्रसहित सम्मानित […]

February 23, 2025

फुटबल प्रशिक्षक श्रेष्ठको निधन

काठमाडौं (हाम्रो खेलकुद)- फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ। काठमाडौं २३ का ५६ बर्षे श्रेष्ठको स्वस्थ्यमा समस्या देखिएपछि आज बिहान उपचारका लागि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारबाट जानकारी पाएको प्रशिक्षक बालगोपाल महर्जन बताए । धरानमा भएको माघ २६ गते भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको टोली लिएर उनी धरान […]

Success

Thank you for your time.